२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतले जित्यो ८औं पटक एसिया कप क्रिकेटको उपाधि

२०८०, १ आश्विन सोमबार ०३:४८

असोज १, काठमाडौँ | एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । यो भारतको ८औं एसिया कप उपाधि हो । भारतले श्रीलङ्कालाई १० विकेटले हराउँदै एसिया कपको उपाधि जितेको हो ।

श्रीलङ्काले प्रस्तुत गरेको ५१ रनको झिनो लक्ष्य भारतले मात्र ६.१ ओभरमा कुनै पनि विकेट नगुमाई पछ्यायो । भारतका लागि ईशान किसनले २३ तथा शुभमन गिलले २७ रनको पारी खेले ।

यसअघि श्रीलङ्काली टोली एसिया कपको इतिहासमै सबैभन्दा कम योगफलमा समेटिएको थियो । भारतविरुद्धको फाइनलमा टस जितेर पहिलो ब्याटिङको निर्णय लिएको श्रीलङ्काले १५.२ ओभरमा अलआउट हुनुअघि ५० रनमात्र बनाउन सक्यो ।

श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए भने दुशान हेमन्था १३ रनमा अविजित रहे ।

भारतका दायाँहाते तीव्र गतिका बलर मोहम्मद सिराजका अगाडि श्रीलङ्काली ब्याट्सम्यानहरू निरीह साबित भए । 


पहिलो ओभरमै जसप्रित बुमराहले ओपनर कुसल परेरालाई आउट गर्दै भारतलाई राम्रो सुरुवात दिलाएका थिए । त्यसपछि सिराजले खेलको चौथो ओभरमा शानदार बलिङ गर्दै चार विकेट लिए ।

अर्का ओपनर पाथुम निसानका पनि दुई रन बनाउँदै आउट भए । तेस्रो विकेटका रूपमा सादिरा सामराबिक्रमा शून्य रनमै पेभेलियन फर्किए । चौथो विकेटका रूपमा चरिथा असालंका पनि शून्य रनमै आउट भए । 

यसैगरी पाँचौँ विकेटका रूपमा धनन्जय डा शिल्भा चार रनमा आउट भएका थिए । छैटौँ विकेटका रूपमा कप्तान दासुन सानका शून्य रनमै आउट भए । सातौँ विकेटका रूपमा विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिस १७ रन बनाउँदै आउट भए । 

यसैगरी आठौँ विकेटका रूपमा दुनिथ वेल्लालागे आठ रनमा पेभेलियन फर्किएका थिए । श्रीलङ्काले नवौँ विकेटका रूपमा प्रमोद मदुसनलाई गुमाएको थियो । उनी एक रन बनाउँदै आउट भए ।  श्रीलङ्काले अन्तिम विकेटका रूपमा माथिसा पाथिरानालाई शून्य रनमा गुमायो ।

भारतका लागि बलर मोहम्मद सिराज एक्लैले ६ विकेट, हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने