२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकपका लागि सात राष्ट्रले गरे टोलीको घोषणा

२०८०, २ आश्विन मंगलवार ०६:०८

असोज २, काठमाडौँ | आईसीसी एक दिवसीय विश्वकप खेल्न इङ्ल्यान्डले आफ्नो टोलीको घोषणा गरेको छ । इङ्ल्यान्ड एक दिवसीय विश्वकपको साविक विजेता राष्ट्र हो । सन् २०१९ मा भएको विश्वकपको फाइनलमा इङ्ल्यान्डले न्युजिल्यान्डलाई हराएको थियो । 

आगामी विश्वकपका लागि इङ्ल्यान्डले जस बट्लरको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । इङ्ल्यान्डको टोलीमा अलराउन्डर बेन स्टोक्सलाई पनि समावेश गरिएको छ । टोलीमा ब्याट्सम्यान ह्यारी ब्रुक र जोफरा आर्चरलाई पनि स्थान दिइएको छ । 


विश्वकपका लागि घोषित इङ्ल्यान्डको टोलीमा जस बट्लर (कप्तान), मोइन अली, गस एट्किन्सन, जोनी बेयरस्ट, ह्यारी ब्रुक, साम कुर्रान, लियाम लिभिङ्स्टोन, डेविड मलान, अदिल रसिद, जोए रुट, बेन स्टोक्स, रिसे टपली, डेभिड विली, मार्क उड र क्रिस वाक्स रहेका छन् ।  

विश्वकपका लागि हालसम्म सातवटा राष्ट्रले आफ्नो टोलीको घोषणा गरिसकेको छ । विश्वकपका लागि घोषित अफगानिस्तानको टोलीमा हसमतुल्लाह साहिदी (कप्तान), इब्राहिम जदरान, रहमानुल्लाह गुरबाज, रहमत शाह, रियाज हसन, नजिबुल्लाह जदरान, मोहम्मद नाबी, इकरम अलिखिल, अजमतुल्लाह ओमरजाई, रसिद खान, अब्दुल रहमान, नुर अहमद, मजिब उर रहमान, फजालहक फारुकी र नविन उल हक रहेका छन् । 

यसैगरी विश्वकपका लागि घोषित न्युजिल्यान्डको टोलीमा केन विलियम्सन (कप्तान), मार्क च्यापम्यान, डेभोन कोनवे, ट्रेन्ट बोल्ट, म्याट हेनरी, टम लाथम, लोकी फर्गुसन, जेम्स निसाम, ग्लेन फिलिप्स, ड्यारल मिचेल, मिचेल सान्टनर, इश सोढी, राचिन रविभन्द्र, टिम साउथी र विल योङ रहेका छन् । 

यसैगरी अस्ट्रेलियाको टोलीमा प्याट कुमिन्स (कप्तान), स्टिभ स्मिथ, एलेक्स केरी, जस इनग्लिस, सिन एबोट, एस्टन अगार, क्यामरुन ग्रिन, जस हेजलउड, ट्राभिस हेड, मिचेल मार्स, ग्लेन म्याक्सवेल, मार्कुस स्टाइनिस, डेभिड वार्नर, एडम जाम्पा र मिचेल स्टार्क रहेका छन् ।

यसैगरी दक्षिण अफ्रिकी टोलीमा टेम्बा बाभुमा (कप्तान), जेराल्ड कोएट्जी, क्विन्टन डी कक, रिजा हेन्ड्रिक्स, मार्को जानसेन, हेनरिच क्लासेन, सिसान्डा मागाला, केशव महाराज, आइडेन मारक्रम, डेभिड मिल्लर, लुङ्गी एनगिडी, एनरिच नोर्टेज, कासिगो राबाडा र टाबरिज सामसी, रासी भान डेर डुसान रहेका छन् । 

यसैगरी भारतीय टोलीमा रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, इशान किसन, केएल राहुल, हार्दिक पाण्डेया (उपकप्तान), सूर्यकुमार यादब, रविन्द्र जडेजा, अक्सर पटेल, सार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सामी, मोहम्मद सिराज र कुलदिप यादब रहेका छन् । 

यसैगरी नेदरल्यान्ड्सको टोलीमा स्कट एडवार्डस (कप्तान), कोलिन एकरम्यान, सारिज अहमद, वेस्ली बारेसी, लोगन भान बीक, आर्यन दत्त, साइब्रान्ड एङ्गलब्रेच्ट, रायन क्लेइन, बास डे लिडे, पल भान मिकेरन, रोएलोफ भान डेर, तेजा निदामानुरु, म्याक्स ओ’डड, विक्रम सिंह र साक्विब जुल्फिकर छन् । अब पाकिस्तान, श्रीलंका र  बंगलादेशले मात्र टोली घोषणा गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी