असोज ४, काठमाडौं | क्रिकेटर ललित राजवंशी अभ्यासका क्रममा घाइते भएका छन्। चीनमा आयोजना हुने १९औं एसियन गेम्सका लागि राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको बन्द प्रशिक्षणमा रहेका उनी अभ्यासका क्रममा घाइते भएका हुन्।
नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्त्वपूर्ण सदस्य रहेका राजवंशीले उक्त खेल गुमाउने देखिएको छ। उनको क्लोज राइट क्ल्याभिकल फ्र्याक्चर अर्थात् घाँटी र पाखुरा जोड्ने हड्डी भाँचिएको टिमका अफिसियल डाक्टर अभिशेकराज सिंहले बताएका छन्।
उनको बिहीबार नै शल्यक्रिया गर्ने तयारी भइरहेको डा सिंहले बताएका छन्। राजवंशी नेपाल क्रिकेट टिमका भरपर्दा बलर हुन्।