४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आइसिसी टी–२० विश्वकप क्रिकेट एसियन छनोट: नेपाल र युएई फरक समूहमा

५ आश्विन २०८०, शुक्रबार ०५:५७

असोज ५, काठमाडौँ | आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एसियन छनोटमा नेपाल र युएई फरक समूहमा परेका छन्। प्रतियोगिता कीर्तिपुरको टियू मैदानमा १३ देखि २० कात्तिकसम्म हुनेछ। आयोजक नेपालले टियू र मूलपानी मैदानमा खेल खेलाउनेछ।

नेपाल समूह ‘ए’ र युएई समूह ‘बी’मा रहेको छ। नेपालले आफ्नो समूहमा सिंगापुर, ओमान र मलेसियाको सामना गर्नेछ। युएईले बहराइन, हङकङ र एसिया क्वालिफायर एबाट आउने राष्ट्रविरुद्ध खेल्नेछ। एसिया क्वालिफायर ‘ए’ छनोटमा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेबिया छन्। यो छनोट खेल २८ सेप्टेम्बरदेखि ५ अक्टोबरसम्म कतारमा हुँदै छ। यस छनोटको विजेताले नेपालमा प्रतिस्पर्धा गर्नेछ। यसैबीच, नेपालले खेल्ने समूह चरणका सबै खेल टियू मैदानमा हुनेछ।

एसियन छनोटको फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने विश्वकपमा स्थान बनाउनेछन्। नेपालले पहिलो खेल १३ कात्तिकमा सिंगापुरविरुद्ध खेल्नेछ। १४ कात्तिकमा नेपालले मलेसियासँग सामना गर्नेछ। नेपालको तेस्रो खेल १६ कात्तिकमा ओमानसँग छ। दुई समूहका शीर्ष दुईमा रहने टोलीले १७ कात्तिकमा सेमिफाइनल खेल्नेछन्। फाइनल १९ कात्तिकमा हुनेछ। एसियन छनोटमा आठ टोली छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ