2026-09-21 04:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पाकिस्तानको विश्वकप खेल्ने टिमबाट नसिम साह बाहिर, को-को समेटिए ?

असोज ५, काठमाडौँ | पाकिस्तानले अर्को महिना हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि आफ्नो १५ सदस्यीय टोली घोषणा गरेको छ । युवा स्टार बलर नसिम साह विश्वकप टोलीमा छुटेका छन् ।

साहले चोटका कारण आफ्नो सम्भावित पहिलो विश्वकप गुमाउने भएका हुन् । उनको स्थानमा हसन अलिलाई टिममा समावेश गरिएको छ । पछिल्लो समय पाकिस्तानका लागि साहले उत्कृष्ट प्रदर्शन गरिरहेका थिए । उनको अनुपस्थितिले टीमलाई ठूलो धक्का पुग्ने आँकलन गरिएको छ ।

यद्यपि, पाकिस्तानको फास्ट बलिङ अझै पनि धारिलो नै छ । सहिन साह अफ्रिदीलाई ह्यारिसले साथ दिनेछन् । यसैगरी मोहम्मद वसिम जुनियर पनि टिममा परेका छन् । स्पिनतर्फ सदाब खानका साथमा मोहम्मद नजाज र उस्मान मिर रहेका छन् । उनीहरु तीनै जना औसत क्षमताका स्पिनर हुन् ।

पाकिस्तानले आफ्नो टिममा स्थापित अनुहारहरुलाई नै स्थान दिएको छ । बाबर आजमको कप्तानीमा रहेको टीममा तीन ओपनर छन् । फकार जमान, इमाम उल हक र अब्दुल्ला सफिकमध्ये दुईजनाले ओपनिङ गर्नेछन् । तेस्रो नम्बरमा बाबर र चौंथो नम्बरमा मोहम्मद रिजवानको बलियो पंति छ । उनीहरुपछि भने अलिकति फितलो लाइनअप देखिन्छ ।

पाकिस्तानले पाचौं, छैटौं र सातौं नम्बरमा साउद सखिल, इफ्तिकार अहमद, सलमान अली आघा, सदाव खान र मोहम्मद नबाजमध्ये तीनजनालाई खेलाउने छ । बलरहरुमा साहिन र ह्यारिस रफ नियमित रहनेछन् । थप एक फास्ट बलरमा मोहम्मद वसिम जुनियर र हसन अलिमध्ये एकले स्थान पाउनेछन् । एक अतिरिक्त स्पिनर राख्न चाहेमा उस्मान मिरको मौका आउने छ । विकेटकिपरको भूमिका रिजवानले निभाउनेछन् ।

पाकिस्तानले प्रतियोगिताअघि न्यूजिल्यान्ड र अष्ट्रेलियासँग दुईवटा वार्मअप म्याच खेल्नेछ । पाकिस्तानको पहिलो विश्वकप म्याच भने नेदरल्यान्ड्सविरुद्ध ६ अक्टोबरमा रहेको छ, जुन हैदरावादमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो