2026-09-21 04:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अल–नासरको जीतमा रोनाल्डोको दुई गोल

असोज ६, काठमाडौँ | स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा अल–नासरले अल–अहली साउदीलाई साउदी प्रो लिग अन्तरगतको खेलमा ४–३ गोलको अन्तरले पराजित गरेको छ । अल–नासरको जीतमा क्रिस्टियानो रोनाल्डो र टालिस्काले दुई–दुई गोल गरेका हुन् ।

खेलको ४ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै अल–नासरलाई अग्रता दिलाएका थिए । १७ औँ मिनेटमा टालिस्काले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि ३० औँ मिनेटमा फ्रांक केइसीले गोल गर्दै अल–अहलीलाई खेलमा फर्काउने प्रयास गरे । पहिलो हाफको इन्जुरी समयमा टालिस्काले व्यक्तिगत दोस्रो गोल गरेपछि अल–नासरले पुनः दुई गोलको अग्रता बनायो । 

दोस्रो हाफको सुरुवातमा नै अल–अहलीले पेनाल्टी पायो । रियाद महारेजले गोल गर्दै टोलीको आशा कायम राखे । त्यसको लगतै दुई मिनेट पछि नै रोनाल्डोले अर्को गोल थप्दै अल–नासरको अग्रता फराकिलो बनाए । खेलको अन्त्यतिर फेरास अलब्रिकानले गोल गरेपछि अल–अहलीका लागि केही आशा देखाएको थियो । तर त्यसपछि कुनै गोल हुन सकेन ।

अल–नासरको यो लगातार सातौँ जीत हो । लिगको अङ्क तालिकामा ७ खेलपछि टोलीको १५ अङ्क रहेको छ । शीर्ष स्थानमा रहेको अल–इतिहादभन्दा टोली मात्र ३ अङ्कले पछि छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो