असोज ६, काठमाडौँ | नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् ।
चन्दको विरुद्धमा कुनै पनि उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । । क्यानको अध्यक्षमा चन्द पुनः दोहोरिएका हुन् ।
बर्दिया क्रिकेट संघका अध्यक्ष विनय राजभण्डारीले प्रस्तावक र समर्थक नपाएपछि उनी उम्मेदवारीबाट पछि हटेपछि चन्द सर्वसम्मत अध्यक्ष भएका हुन् ।
यसैगरी कोषाध्यक्ष पदमा पदम खड्का निर्विरोध भएका छन् । सो पदमा उनको मात्रै उम्मेदवारी परेको छ । त्यस्तै महिला सदस्यमा जयन्ती खड्का निर्विरोध निर्वाचित भएकी छन् ।
नेपाल क्रिकेट संघको शुक्रबार काठमाडौंमा सुरु भएको साधारणसभा आज शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । सचिव पदमा चन्द प्यानलबाट पारस खड्का र पूर्व केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ल लड्ने भएका छन् । दुवैले उम्मेदवारी दर्ता गरेका छन् ।