४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतले खेलाडीलाई भिसामा दिन ढिलो गरेपछि पाकिस्तानले गुहार्‍यो आईसीसी

७ आश्विन २०८०, आईतवार ०६:४५

एजेन्सी | आईसीसी एकदिवसीय विश्वकपको १२औँ संस्करण भारतमा आयोजना हुँदैछ । प्रतियोगिता अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको मिति नजिकिँदै गए पनि भारतले आफ्ना खेलाडी र खेल पदाधिकारीलाई भिसा (प्रवेशाज्ञा) दिन ढिलो गरेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई गुहारेको छ । 

आफ्ना खेलाडीलाई भिसा दिन विलम्ब गरेका कारण प्रतियोगिताको तयारीमा बाधा पुगेको पीसीबीले जनाएको छ । विश्वकपअघि पाकिस्तानले दुई वटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ । पाकिस्तानले अक्टोबर २९ तारिखमा भारतको हैदराबादमा न्युजिल्यान्डसँग पहिलो अभ्यास खेल खेल्ने कार्यक्रम तय भएको छ । 


पाकिस्तानी खेलाडीहरू दुबईमा भेला भएर हैदराबाद जाने योजनामा थिए । तर, भिसामा विलम्ब भएपछि अब पाकिस्तानी टोलीले आगामी बुधबार लाहोर हुँदै भारत जाने योजना बनाएको छ । पीसीबी स्रोतका अनुसार, पाकिस्तानी खेलाडीले एक साताअघि नै भिसाका लागि आवेदन दिएका थिए ।

आईसीसीले यसअघि नै विश्वकपमा सहभागी हुने १० वटै टोलीका खेलाडी र खेल पदाधिकारीको नाम भिसा प्रयोजनका लागि भारत सरकारलाई उपलब्ध गराइसकेको छ । पाकिस्तान सरकारले आफ्नो टोलीलाई भारतमा विश्वकप खेल्ने अनुमति पनि अन्तिम समयमा आएर दिएको थियो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले एसिया कप खेल्न आफ्नो टोली पाकिस्तान नपठाउने निर्णय लिएपछि पाकिस्तान सरकारले पनि आफ्नो टोलीले भारतमा विश्वकप नखेल्ने अडान लिएको थियो । सोही कारणले पाकिस्तान सरकारले आफ्नो टोलीलाई भारतमा विश्वकप खेल्ने अनुमति दिन विलम्ब गरेको थियो । 

विश्वकपको तयारीका लागि पाकिस्तानले आफ्नो दोस्रो अभ्यास खेल भने अक्टोबर ३ तारिखमा अस्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको छ । त्यसपछि पाकिस्तानी टोली विश्वकप यात्रामा सहभागी हुनेछ ।   

विश्वकपका लागि घोषित पाकिस्तानी टोलीमा बाबर आजम (कप्तान), सदाब खान, फाखर जामन, इमाम उल हक, अब्दुल्लाह सफिक, मोहम्मद रिजवान, साउद सकिल, इफ्तिखार अहमद, सलमान अली अघा, मोहम्मद नवाज, उसमा मिर, ह्यारिस रउफ, हसन अली, साहिन शाह अफरिदी र मोहम्मद वसिम रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ