असोज ७, हाङचउ | १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टिमका सदस्य ललितनारायण राजवंशी घाइते भएपछि उनको स्थानमा सागर ढकालले खेल्न पाउने निश्चित भएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले उनको नाम आइतबार स्वीकृत गरेको हो ।
नेपाली क्रिकेट टिम सोमबार चीन आइपुग्ने कार्यक्रम रहेको छ । नेपालले बुधबार मंगोलियाविरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि आइतबार माल्दिभ्सको सामना गर्नेछ । नेपालको खास चुनौती क्वाटरफाइनलमा हुनेछ ।
यसअघि एसियाली खेलकुदकै तयारीका क्रममा अभ्यास गर्ने बेला ललित घाइते भएका थिए ।