2026-07-27 10:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालद्वारा मालदिभ्ससामु २१३ रनको लक्ष्य प्रस्तुत, कसको कति रन ?

असोज १४ काठमाडौँ । चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले मालदिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ । 

टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२रन जोड्यो ।

खेलमा नेपालको स्कोरको लागि ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले १ छक्का र ५ चौकाको मद्धतले ३५ रन जोडे । त्यस्तै अर्का ओपनर आसिफ सेखले १ चौका मात्र प्रहार गरेर ६ रनमै आउट भए । आसिफको विकेट गुमेसंगै आएका बिनोद भण्डारीले १ चौका प्रहार गरि १५ बल खर्चिएर १३ रन बनाए । 

त्यस्तै सन्दिप जोराले पनि दोहोरो अंकको रन बनाउन सकेनन् । उनले ९ बल खर्चिएर ५ रन मात्र बनाउन सके । गुलसन झाले पारी सम्हाल्दै नेपालको लागि ३ छक्का र १ चौका सहित २१ बल खर्चिएर ३५ रन बनाएपछि नेपालको स्कोर केहि सुधारियो । संगै नेपालका कप्तान रोहित कुमार पौडेलले ३ छक्का र ३ चौकाको सहयोगमा अर्धसतकीय पारी खेले । उनि २७ बल खर्चिएर ५२ रन जोडी रन जोडेर आउट भए । पौडेलसंगै उत्कृष्ट ब्याटिङ गरेका कुशल मल्लले नटआउट रही २० बलमै २ छक्का र ३ चौका प्रहार गर्दै ४७ रन बनाए । कप्तान पौडेल आउट भएपछि मैदानमा आएका दिपेन्द्र सिङ एरीले भने २ बल मात्र खेल्न सके । २ बलको सामना गर्दा पहिलो बलमा छक्का प्रहार गरेपनि दोश्रो बलमा उनि क्याच आउटको सिकार बन्न पुगे । 

७ औं विकेट गिरेपछि मैदान आएका सोमपाल कामीले पहिलो बल मात्र सामना गरे । उनले १ रन मात्र बनाएर नटआउट रहे । 

यो संगै नेपालले माल्दिभ्स सामु २१२ रन बनाएर २१३ रनको कठिन लक्ष्य प्रस्तुत गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ