५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी-२० र एकदिवशीय अन्तर्राष्ट्रियमा सन्दीपको २ सय विकेट पूरा

१४ आश्विन २०८०, आईतवार ०७:१९

असोज १४, काठमाडौँ | नेपालका सन्दीप लामिछानेले टी-२० र एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय विकेट पूरा गरेका छन्। १९ औँ एसियाली खेलकुद-एसियाडअन्तर्गत आइतबार मालदिभ्सविरुद्ध एक विकेट लिएपछि सन्दीपको २ सय विकेट पुरा भएको हो।

सन्दीपले टी-२० अन्तर्राष्ट्रिय खेलमा ४६ खेल खेल्दै ८८ विकेट लिएका छन्। यस्तै एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५१ खेल खेल्नेक्रममा एक सय १२ विकेट हात पारेका छन्। यी दुवै फर्म्याटमा सन्दीप नेपालका लागि सर्वाधिक विकेट लिने बलर हुन्।

सन्दीपले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ८ पटक कम्तिमा चार विकेट र ३ पटक कम्तिमा ५ विकेट लिएका छन् भने टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकपटक कम्तिमा ५ विकेट र दुईपटक कम्तिमा ४ विकेट हात पारेका छन्।

सन्दीपले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। यस्तै सोही वर्ष वेस्ट इन्डिजविरुद्ध खेल्दै उनले टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए।

सन्दीप एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा सय विकेट पुरा गर्ने विश्व कीर्तिमानी बलर पनि हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा