२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसियाली खेलकुद पुरुष क्रिकेट: श्रीलंकालाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा

२०८०, १७ आश्विन बुधबार ०८:०२

असोज १७, काठमाडौँ | चीनको हाङझाउमा जारी एसियाली खेलकुद (एसियाड)अन्तर्गत पुरुष क्रिकेटमा श्रीलंकालाई पराजित गर्दै अफगानिस्थान सेमिफाइनल प्रवेश गरेको छ। बुधबार बिहान भएको खेलमा अफगानिस्तानले श्रीलंकालाई ८ रनले पराजित गर्‍यो। 

टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले १८.३ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनाएको थियो। ११७ रनको विजयी लक्ष्य पाएर जवाफी ब्याटिङमा उत्रिएको श्रीलंका १९.१ ओभरमा सबै विकेट गुमाउँदै १०८ रनमा सीमित भयो। 

अफगानिस्तानका लागि नरु अली जदरानले सर्वाधिक ५१ रन बनाएका। ओपनर सिदीकुल्लाह अटल मात्र १ रन बनाएर आउट हुँदा अफगानिस्तानका लागि नुरले उत्कृष्ट पारी खेलेका थिए।

दोस्रो विकेटका लागि मोहमद शहजादसँग ५४ रनको साझेदारी गरेका नरुले तेस्रो विकेटका लागि शहिदुल्लाहसँग ३७ रनको साझेदारी गरे। उनी पाँचौं विकेटका रुपमा व्यक्तिगत ५१ रनमा आउट भए। नरु आउट हुँदा टिमको स्कोर ११२ रन रन थियो। थप ४ रन जोड्दासम्म अफगानिस्तान अलआउट भएको थियो।

जवाफी ब्याटिङमा उत्रिएकी श्रीलंका अफगानी बलरसामू निरिह देखियो। सहान अरचिगेले २२ रन बनाउनु बाहेक श्रीलंकाका अरु ब्याटरले राम्रो रन बनाउन सकेनन्।  

श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा गुलाबदिन नायब र कैस अहदमले समान ३–३ विकेट लिएका थिए। शराफुद्दीन अशरफ, जाहिर खान र करिम जनतले समान १–१ विकेट लिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने