१ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

फुटबलप्रेमी नेम्वाङका कान्छा छोरा सुहाङ क्लब एनएसएलमा डेब्यू गर्दै

१७ आश्विन २०८०, बुधबार ०९:४९

असोज १७, काठमाडौँ | धेरैलाई थाहा छ, एमालेका दिवंगत नेता सुवास नेम्वाङ औधी फुटबलप्रेमी थिए । राजनीतिपछि उनको सबैभन्दा बढी रुचि र चासोको विषय फुटबल नै थियो । नेपाली फुटबलमा कुनै न कुनै तवरबाट योगदान पुर्याउन व्यग्र थिए नेम्वाङ । बुबाको यही भावनालाई बुझेर कान्छा छोरा सुहाङ अहिले नेपालको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ (एनएसएल) मा जोडिन पुगेका छन् ।

गत वर्षमात्रै उनले स्थापना गरेको क्लव ‘स्पोर्टिङ इलाम डी मेची’ ले एनसेलको दोस्रो संस्करणमा डेब्यू गर्दैछ ।


निकटस्थ स्रोतका अनुसार बुबाकै प्रेरणा र हौसलामा सुहाङ फुटबल क्लब स्थापनामा अघि बढेका थिए । उनले गत वर्ष भएको बिडिङमार्फत स्पोर्टिङ इलामको स्वामित्व प्राप्त गरेका हुन् । क्लबमा उनलाई दाइ र केही साथीभाइले साथ दिएका छन् ।

स्पोर्टिङ इलामले गत शनिबार भएको एनसीएलको अक्सनमा भाग लिँदै १८ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । तोकिएको न्यूनतम सीमा १८ लाख रहेकोमा क्लबले न्यूनतम रकममा टीम निर्माण गरेको हो । यस क्लबले मार्की खेलाडीका रुपमा विकेस कुथुलाई अनुबन्ध गरेको छ । टीममा बिराज महर्जन, भरत खवास, आशिष गुरुङ सौरभ लिम्बु, समित श्रेष्ठ, सन्तोष महत, बिमल पाण्डे लगायत खेलाडीहरुलाई खरिद गरेको छ ।

स्पोर्टिङ इलामले गत वर्ष पनि अक्सनमा भाग लिएको थियो । सुहाङ आफैं अक्सन कार्यक्रममा पुगेका थिए । तर विभिन्न कारणले गत वर्ष एनएसएल प्रतियोगिता हुन सकेन । यस वर्षको अक्सनमा भने सुहाङ अनुपस्थित भए । भर्खरै बुबाको देहान्त भएकाले उनी जान नसकेका हुन् ।

पेशाले कानून व्यवसायी हुन् सुहाङ । फुटबलमा उनको अभिरुचि पहिल्यैबाट थियो । ‘काठमाडौं स्कुल अफ ल’ मा पढ्दा उनी फुटबल टीमका कप्तान थिए । उनले सो कलेजका तर्फबाट थुप्रै फुटबल र फुटसल प्रतियोगिता खेलेका छन् । पछि दुई वर्षजति सोही कलेजमा फुटबल प्रशिक्षकसमेत बनेका थिए ।

निकटस्थका अनुसार आर्थिक मुनाफाभन्दा पनि नेपालको फुटबलमा केही योगदान दिने चेष्टासहित उनले लगानी गरेका हुन् । पिताको देहान्तपछि उनी अझै भावनात्मक रुपमा यसमा जोडिएका छन् । सुहाङ २०६३ सालदेखि नेकपा एमालेको सदस्य छन् । तर, पार्टीमा सक्रिय भूमिका लिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्डिगोको विमानमा बम राखेको धम्की आएपछि… थानकोटमा युवतीमाथि चक्कु प्रहार: साउदीमा हुँदा पैसा पठाउँथे नेपाल फर्केपछि ‘बेवास्ता’ गरेपछि घटना लस एन्जलसको आगो नियन्त्रणका लागि प्रयोग भइरहेको गुलाबी रङ्गको तरल पदार्थ के हो? ब्राजिलमा भेटियो अचम्मको माछा – मान्छेका जस्ता दाँत! डेढ महिनादेखि बेपत्ता वृद्धको शव सडेगलेको अवस्थामा फेला, कपडा र झोलाले चिनियो कोलेस्ट्रोलका बिरामी, मिर्गौला रोगीसहित यी व्यक्तिहरूले खानु हुँदैन अण्डा? प्रचण्डको दाबीः सरकार ढल्छ, हामीले धेरै बल गर्नै पर्दैन ‘महाराजधिराज’ को पोस्टरमा पलकाे दुई अलग चरित्र एक वर्षमा आठ हजार ६ सय नेपाली विमानस्थलबाटै फकाईए गोली हानेर श्रीमतीको हत्या पिएसएल अक्सनमा बिक्री भएनन् नेपाली खेलाडी एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ आज तोलामा आठ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको कति? इजरायल र हमास युद्धविरामको नजिक, यी विषयमा जुट्यो सहमति ‘माघे संक्रान्ति धार्मिक,सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण पर्व’ चालु आर्थिक वर्षको ६ महिनामा उठ्यो ५ खर्ब ५९ अर्ब राजस्व २०८१ को एसईई परीक्षाको समयतालिका सार्वजनिक, यस्तो छ रुटिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिए माघे संक्रान्तिको शुभकामना आज देशभर माघे सङ्क्रान्ति पर्व मनाउँदै मंगलबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा