2026-07-27 11:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसीसी यू–१९ प्रिमियर कपका लागि देव खनालको नेतृत्वमा टोली घोषणा

असोज १७, काठमाडौँ | नेपाल क्रिकेट संघ(क्यान)ले देव खनालको कप्तानीमा एसीसी यू–१९ प्रिमियर कप खेल्नका लागि टोलीको नाम घोषणा गरेको छ। क्यानले वैकल्पिक खेलाडीसहित १४ सदस्यीय टोली घोषणा गरेको हो।

१६ एसोसिएट टोली सहभागी प्रतियोगितामा शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा हुने यू–१९ एसिया कप खेल्न अवसर पाउने छन्। प्रतियोगिता अक्टोबर १२ देखि २४ सम्म मलेसियामा हुनेछ। नेपाल उपाधिको प्रमुख दाबेदार टोली पनि हो।

नेपालले गत फागुनमा आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट उपाधि जित्दा टिममा रहेका १४ सदस्यलाई निरन्तरता दिएको छ। उक्त टोलीबाट कुनै पनि खेलाडी परिवर्तन गरेको छैन।

समूह ए मा नेपाल, बहराइन, साउदी अरेविया र इरान छन्। समूह बी मा यूएई, ओमान, कतार र चीन छन्। समूह सी मा सिंगापुर, कुवेत, थाइल्याण्ड र माल्दिभ्स छन्। समूह डी मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन्।

नेपालको टोली :

आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा (क), दीपक बोहरा (ख), उत्तम थापामगर, दीपक डुम्रे, दीपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल(कप्तान), सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा।

वैकल्पिक खेलाडी :

प्रज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादव।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ