2026-07-27 11:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकपमा आज : घरेलु टोली भारत र बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियाबिच भिडन्त

असोज २१, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको चौथो दिन आइतबार घरेलु टोली भारतले बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियाको सामना गर्दैछ । उक्त खेल चेन्नईस्थित मुथैया एनामलाई चिदम्बरम स्टेडियममा खेलिने छ । खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

जारी विश्वकपको यो पाँचौँ खेल हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा जारी पछिल्लो एकदिवसीय वरीयतामा भारत पहिलो स्थानमा आसिन छ । अस्ट्रेलिया भने पछिल्लो आईसीसी वरीयताको तेस्रो स्थानमा छ । 

भारत र अस्ट्रेलिया दुबै एकदिवसीय विश्वकपका पूर्वविजेता राष्ट्र हुन् । अस्ट्रेलियाले हालसम्म सर्वाधिक पाँच पटक एकदिवसीय विश्वकपको उपाधि जितिसकेको छ । अस्ट्रेलियाले सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा उपाधि जितेको थियो ।

भारतले भने हालसम्म दुईपटक एकदिवसीय विश्वकपको उपाधि चुमेको छ । भारतले सन् १९८३ र सन् २०११ मा एकदिवसीय विश्वकप जितेको थियो । भारत घरेलु मैदानमा एकदिवसीय विश्वकपको उपाधि जित्ने पहिलो राष्ट्र पनि हो । 

यसपटक पनि भारतले घरेलु मैदानमै विश्वकप खेल्दैछ । त्यसैले यसपटक भारत तेस्रो उपाधिको खोजीमा देखिन्छ । पछिल्लो समय भारतको प्रदर्शन पनि उत्कृष्ट रहँदै आएको छ । भारतले यसपटक आफ्नो सबैभन्दा बलियो प्रतिद्वन्द्वीका रुपमा पनि अस्ट्रेलियालाई नै लिएको छ । 

हालसम्म यी दुई राष्ट्रबीच खेलिएको एकदिवसीय खेलको तथ्याङ्कलाई हेर्दा भने भारतको तुलनामा अस्ट्रेलिया निकै बलियो देखिन्छ । यी दुई राष्ट्रबीच हालसम्म एक सय ४९ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको छ । 

एक सय ४९ मध्ये ८३ खेलमा अस्ट्रेलियाले भारतलाई हराएको छ । ५६ एकदिवसीय खेलमा भने भारतले अस्ट्रेलियालाई पराजित गरेको छ । यी दुई राष्ट्रबीचको १० वटा एकदिवसीय खेल भने अनिर्णित रुपमा सकिएको छ । 

आफ्नो घरेलु मैदान (होम ग्राउन्ड) मा खेलिएको ३२ एकदिवसीय खेलमा भारतले अस्ट्रेलियालाई हराएको छ । अस्ट्रेलियाले भने घरेलु मैदानमा खेलिएको ३८ खेलमा भारतलाई पराजित गरेको छ । अस्ट्रेलियाले भारतलाई उसैको मैदान (अवे ग्राउन्ड) मा ३३ पटक हराएको छ । 

भारतले भने अस्ट्रेलियालाई उसको मैदानमा १४ पटकमात्र हराउन सकेको छ । यो तथ्याङ्कलाई हेर्दा भारतीय भूमिमा पनि अस्ट्रेलियाको प्रदर्शन उत्कृष्ट देखिन्छ । यसका अतिरिक्त ‘न्यूट्रल भेन्यू’ मा अस्ट्रेलियाले १२ र भारतले १० खेल जितेका छन् । 

यसैगरी थुपै अस्ट्रेलियन खेलाडीले भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) पनि खेलिसकेका छन् । त्यसैले अस्ट्रेलियन खेलाडीहरु भारतका क्रिकेट रंगशालाको चरित्रसँग पनि भलिभाती परिचित छन् । जारी विश्वकपमा पनि अस्ट्रेलियन टोलीका लागि यो सकारात्मक पक्ष हो । 

पछिल्लो पटक यी दुई राष्ट्रले गत महिना तीनवटा एकदिवसीय खेलको शृंखला खेलेका थिए । उक्त शृंखलामा भारतले अस्ट्रेलियालाई २—१ ले हराएको थियो । त्यसैले पनि पछिल्लो समय भारतीय टोलीको मनोबल उच्च देखिन्छ । 

यी दुई राष्ट्रबीच खेलिएको पछिल्लो पाँच एकदिवसीय खेलमध्ये तीन खेलमा अस्ट्रेलिया र दुई खेलमा भारत विजयी भएको छ । केही समयअघि इन्दोरमा खेलिएको एकदिवसीय खेलमा भारतले अस्ट्रेलियाविरुद्घ पाँच विकेट गुमाएर तीन सय ९९ रन बनाएका थियो । 

भारतले अस्ट्रेलियाविरुद्ध बनाएको यो उच्च स्कोर पनि हो । त्यो खेलमा भारतका लागि शुभमन गिल र श्रेयस ऐयरले उत्कृष्ट ब्याटिङ गरेका थिए । तर, विश्वकपअन्तर्गत आइतबार खेलिने खेलमा भने स्वास्थ्य समस्याका कारण भारतका ओपनर ब्याट्सम्यान सुभमन गिल उपस्थित हुने छैनन् । 

पछिल्लो समय एकदिवसीय खेलमा युवा ब्याट्सम्यान गिलले भारतलाई उत्कृष्ट सुरुआत दिलाउँदै आएका थिए । आइतबार हुने खेलमा भारतीय समर्थकका लागि यो सबैभन्दा दुःखद पक्ष हो । तर, भारतीय टोलीका अन्य ब्याट्सम्यान पनि लयमा छन् । 

एकदिवसीय क्रिकेटमा अस्ट्रेलियनविरुद्ध भारतले बनाएको उच्च स्कोर पाँच विकेट गुमाएर तीन सय ९९ रन हो । भारतविरुद्ध अस्ट्रेलियाले बनाएको उच्च स्कोर भने चार विकेट गुमाएर तीन सय ८९ रन हो । अस्ट्रेलियाविरुद्ध भारतले बनाएको सबैभन्दा कम स्कोर ६५ रन (२५.५ ओभर) हो । 

यसैगरी भारतविरुद्ध अस्ट्रेलियाले बनाएको सबैभन्दा कम स्कोर एक सय एक रन (३७.५ ओभर) हो । अस्ट्रेलियाविरुद्ध उच्च स्कोर बनाउने भारतीय ब्याट्सम्यान रोहित शर्मा हुन् । उनले एक सय ५८ बलको सामना गरी दुई सय नौ रन बनाएका छन् । 

यसैगरी भारतविरुद्ध उच्च स्कोर बनाउने अस्ट्रेलियन ब्याट्सम्यान जर्ज बाइली हुन् । उनले एक सय १४ बलको सामना गरी एक सय ५६ रन बनाएका छन् । अस्ट्रेलियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने भारतीय बलर मुरली कात्र्तिक हुन् । उनले १० ओभरमा २७ रन खर्चिएर ६ विकेट लिएका छन् । भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने अस्ट्रेलियन बलर भने केन म्याकली हुन् । उनले ३९ रन खर्चिएर ६ विकेट लिएका छन् । 

भारत र अस्ट्रेलियाबीचको एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी सचिन तेन्दुल्कर हुन् । उनले ७१ खेलमा कुल तीन हजार ७७ रन बनाएका छन् । वर्तमान कप्तान रोहित शर्माले ४३ खेल खेल्दै कुल दुई हजार तीन सय ३२ रन बनाएका छन् । विराट कोहलीले ४७ खेल खेल्दै दुई हजार दुई सय २८ रन बनाएका छन् ।

विश्वकपका लागि घोषित भारतीय टोलीमा रोहित शर्मा ९कप्तान०, शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, इशान किसन, केएल राहुल, हार्दिक पाण्डेया ९उपकप्तान०, सूर्यकुमार यादब, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, सार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सामी, मोहम्मद सिराज र कुलदिप यादब रहेका छन् । 

यसैगरी विश्वकपका लागि घोषित अस्ट्रेलियन टोलीमा प्याट कुमिन्स ९कप्तान०, स्टिभ स्मिथ, एलेक्स केरी, जस इनग्लिस, सिन एबोट, मार्नस लाम्बुसेन, क्यामरुन ग्रिन, जस हेजलउड, ट्राभिस हेड, मिचेल मार्स, ग्लेन म्याक्सवेल, मार्कुस स्टाइनिस, डेभिड वार्नर, एडम जाम्पा र मिचेल स्टार्क रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ