४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेभिड वार्नरले तोडे सचिन तेन्दुल्कर र डे भिलियर्सको कीर्तिमान

२१ आश्विन २०८०, आईतवार ०९:५५

असोज २१, काठमाडौँ | अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेभिड वार्नरले आईसीसी एकदिवसीय विश्वकपमा सबैभन्दा कम खेल खेलेर एक हजार रन पुरा गर्ने कीर्तिमान बनाएका छन् । एकदिवसीय विश्वकपको आइतबार खेलिएको भारतविरुद्घको खेलका क्रममा ३६ वर्षीय वार्नरले यस्तो कीर्तिमान बनाएका हुन् । 

ओपनर ब्याट्सम्यान वार्नरले भारतका महान क्रिकेटर सचिन तेन्दुल्कर र दक्षिण अफ्रिकाका एबी डे भिलियर्सको नाममा संयुक्त रुपमा रहेको कीर्तिमान तोडेका हुन् । तेन्दुल्कर र डे भिलियर्सले विश्वकपमा २० पाली खेलेर एक हजार रन बनाएका थिए । 


वार्नरले भने विश्वकपमा १९ पाली खेलेर एक हजार रन पुरा गरेका हुन् । ओपनर ब्याट्सम्यान वार्नर अहिले पनि क्रिजमा छन् । भारतीय टोलीका कप्तान रोहित शर्माले यही खेलमा वार्नरको कीर्तिमान तोडने सम्भावना छ । 

रोहित शर्माले एकदिवसीय विश्वकपमा हालसम्म १७ पाली खेल्दै नौ सय ७८ रन बनाएका छन् । अस्ट्रेलियाविरुद्धको खेलमा उनले २२ रन बनाए भने वार्नरको कीर्तिमान पनि तोडिने छ । त्यसपछि शर्मा विश्वकपमा १८ पाली खेल्दै एक हजार रन बनाउने ब्याट्सम्यान बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ