असोज १९, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा यसवर्षको वर्षातमा धेरै पहिरो खसेर स्थाल मार्गबत्राट यात्रा गर्न डराएका यात्रु हवाई मार्गतर्फ आकर्षित भएका छन् ।
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १९, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा यसवर्षको वर्षातमा धेरै पहिरो खसेर स्थाल मार्गबत्राट यात्रा गर्न डराएका यात्रु हवाई मार्गतर्फ आकर्षित भएका छन् ।
<"/>
2026-08-31 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थल मार्गबाट यात्रा गर्न डराए, हवाई यात्रुको चाप बढ्यो

असोज १९, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा यसवर्षको वर्षातमा धेरै पहिरो खसेर स्थाल मार्गबत्राट यात्रा गर्न डराएका यात्रु हवाई मार्गतर्फ आकर्षित भएका छन् ।

हावाई मार्गका यात्रु बढेकाले काठमाडौँबाट भरतपुर दैनिक एक दुई उडान भर्दै आएका बुद्ध र यती एयरलायन्सले एकै दिन १२ वटासम्म उडान भरेका छन् ।

पहिरोका कारण १४ घन्टासम्म वर्षामा सडक अवरुद्ध बनेपछि छिमेकी जिल्लाका यात्रु समेत भरतपुर काठमाडौँ हवाईमार्गबाटै यात्रा गर्न थालेका हुन् । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हवाई सुविधा भएकाले छोटो कामका लागि आउने यात्रुले एकै दिनमा भरतपुर काठमाडौँ आवातजावत समेत गरेका छन् ।

बुद्ध एयरलायन्स प्रबन्धक भक्तबहादुर बस्नेतले अहिले आफ्नो एयरलाइन्सबाट काठमाडौँ भरतपुर नियमित पाँचवटा उडान भएकामा चाप बढेको बेला एकैदिन आठ वटासम्म उडान भरेको बताए ।

त्यस्तै दैनिक तीनवटा उडान भर्दै आएको यती एयरलायन्सले अहिले दैनिक चार वटासम्म उडान भरेको एयरलायन्सका सहायक स्टेसन म्यानेजर अनुप ढकालले जानकारी दिए । दैनिक आठवटा नियमित उडान र दैनिकजसो थप गरिने एक दुईवटा उडानले समेत यात्रुको चाप थेग्न सकेको छैन ।

बुद्ध एयरलायन्सका प्रबन्धक बस्नेत दशैंको टीकाको भोलिपल्टसम्म काठमाडौँबाट भरतपुर आउनका लागि टिकट बुकिङ भइसकेको बताउनुहुन्छ । त्यसको भोलिपल्टबाट एक सातासम्म काठमाडौँ जानका लागि टिकट बुकिङ भइसकेको छ ।

कुनै समय खाली देखिने भरतपुर विमानस्थल टर्मिनलका कुर्सी अहिले भरिभराउ नै छन् । विमानस्थलमा काम गर्ने कर्मचारी र प्रहरी पनि बिहानैदेखि बेलुकासम्म व्यस्त नै हुन्छन् । सडक यात्राबाट गन्तव्यसम्म पुग्ने ठेगान नभएपछि गाडीको भन्दा १० गुणा बढी भाडा तिरेर यात्रु जहाज चढ्न बाध्य भएका हुन् । चाडवाडको समयमा अन्य स्थानमा पनि उत्तिकै सङ्ख्यामा जहाज उड्ने भएकाले भरतपुरमा जहाज थप्न असहज भएको सम्बन्धित एयरलाइन्सका कर्मचारी बताउँछन् ।

बुद्धले ४७ सिट क्षमताको एटिआर र यतीले ३० जना क्षमताको जेडस्टेन्ड जहाज सञ्चालन गर्दै आएका छन् । ‘सडक मार्गबाट जाँदा पहिरोको कारण यात्रा असहज हुने भएकाले जहाज चढ्नेको सङ्ख्या ह्वात्तै बढेको हो’ भरतपुर विमानस्थलका प्रमुख शिवप्रसाद उपाध्यायको भनाइ छ ।

“पछिल्लो समय हवाई यात्रुको सङ्ख्या बढेपछि उडान सङ्ख्या र ठूला जहाज थपिएको उनले बताए।” ‘उडान सङ्ख्या बढ्नाका साथै ठूला जहाज पनि आउन थालेपछि विमानस्थलमा जहाज पार्किङको समस्या भएको छ’ विमानस्थल प्रमुख उपाध्यायले भने।

नारायणगढबाट गाडीमा यात्रा गर्दा ३५० पर्दछ भने हवाई यात्रा गर्दा रु तीन हजार २५ एकतर्फी भाडा लाग्ने गर्दछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने