कात्तिक १३, काठमाडौँ । अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकपका लागि एसिया क्षेत्रको फाइनल छनोट खेलको पहिलो खेलमा नेपालले सिंगापुरद्वारा १४६ रनको लक्ष्य पाएको छ ।
कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सिंगापुरले ९ विकेटको क्षेतिमा १४५ रन बनाउन सक्यो । नेपालको केहीबेरमा सिंगापुर बिरुद्ध जवाफी ब्याटिङ गर्नेछ ।
सिंगापुरका लागि ओपनर ब्याट्सम्यान रोहन रंगराजनले सर्वाधिक ४५ रन बनाएका थिए । अर्का ब्याट्सम्यान मनप्रित सिंहले पनि २४ रनको योगदान गरे । आर्यवीर चौधरीले टोलीको खातामा ३७ रन बनाए ।
नेपाली टोलीका बलर अविनाष बोहराले तीन विकेट लिए । उनले चार ओभरमा एक मेडनसहित ४३ रन खर्चिए । करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले पनि दुई—दुई विकेट हात पारे । सन्दीपले चार ओभरमा १८ र करणले चार ओभरमा ३६ रन खर्चिए । गुल्सनले चार ओभरमा २१ रन खर्चिए ।