2026-09-20 07:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मोन्टी सरको भरोसामा काम गर्न सकेकोमा खुसी छु: कुशल भुर्तेल

कात्तिक १३, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले आफ्ना प्रशिक्षक मोन्टी देसाईको लगातारको भरोसालाई सही साबित गर्न सकेकोमा खुसी लागेको बताएका छन्।

आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्वालिफायरको पहिलो खेलमा सोमबार सिंगापुरमाथि आठ विकेटको जित निकालेपछि कुशलले सो प्रतिक्रिया दिएका हुन्।

उनले पछिल्ला खेलमा आफ्नो प्रदर्शन राम्रो हुन नसके पनि प्रशिक्षक देसाई आफूमाथि लगातार विश्वास गरिरहेको पनि उल्लेख गरे।

‘मूल पानीमा पछिल्ला खेलहरू मेरा लागि राम्रो भइरहेको थिएन। मैले राम्रो रन बनाउन सकिरहेको थिएन,’ओपनर कुशलले भने, ‘तर, मोन्टी सरले ममाथि विश्वास गरिराख्नु भयो। त्यो विश्वास अनुरूप गत त्रिकोणात्मक शृङ्खलाको फाइनल र आज केही गर्न सकेँ। त्यसैले खुसी लागेको छ।’

कुशलले सिंगापुरविरुद्ध ७४ रनको अर्धसतक प्रहार गरेका थिए। गत त्रिकोणात्मक शृङ्खलाको फाइनलमा पनि उनले संयुक्त अरब इमिरेट्स (युएई) सँग ५० रनको अर्धसतकीय इनिङ खेलेका थिए। लगातार अर्धसतक प्रहार गरेका कुशलले डेढ वर्षपछि पहिलो विकेटका लागि आसिफ सेखसँग अर्धसतकीय साझेदारी पनि गरेका छन्। ‘आसिफ (शेख) र म पछिल्ला २/३ वर्षदेखि सँगै ओपनिङ गरिरहेका छौं। त्यसैले हामीहरूलाई एकअर्का प्रति राम्रोसँग थाहा छ,’कुशलले भने, ‘पावरप्लेमा कसरी खेल्छौँ भन्ने जानकार छौं। हामीबिच कम्युनिकेसन पनि राम्रो छ। आज डेढ वर्षपछि अर्धसतकीय साझेदारी गर्न सक्यौँ त्यसमा निकै खुसी छौं।’ 

कुशलले नेपालका महत्त्वपूर्ण अलराउन्डर दीपेन्द्रसिंह ऐरीको चोटग्रस्त हुँदा निकै दुःख लागेको बताए। ‘बिहान फिल्डिङ गर्दा दीपेन्द्रको एन्कलमा चोट लागेको थियो। उनी चोट बोकेर बाहिरिनु पर्दा धेरै दुःख लागेको छ,’कुशलले भने,‘तर, उनको अवस्थाबारे भने पूर्ण जानकारी छैन।’ उनले सबै खेल फाइनल जसरी खेल्ने लक्ष्य रहेको पनि उल्लेख गरेका छन्। ‘पहिलो खेलमा सबैले राम्रो खेल्यौँ। हामीले हरेक खेल फाइनल जसरी खेल्छौँ,’ कुशलले भने, ‘आगामी खेल पनि त्यही अनुसार खेल्नेछौँ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो