2026-09-21 01:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकपबाट नेपाल दुई खेल टाढा

कार्तिक १५, काठमाडौँ | अर्को वर्ष जुनमा वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्न लागेको ट्वान्टी–२० विश्वकप क्रिकेटमा पुग्न नेपाल केवल दुई खेल टाढा रहेको छ। छनोटको आधार रहेको आईसीसी ट्वान्टी–२० विश्वकपको एसियामा लगातार दुई खेल जितेपछि नेपाल विश्वकपतर्फ नजिकिएको हो। 

नेपालले मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मलेसियालाई ६ विकेटले पराजित गर्‍यो। नेपालको यो लगातार दोस्रो जित हो। नेपालले पहिलो खेलमा आइतबार सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो। समूह ‘ए’ बाट नेपाल जस्तै ओमानले पनि लगातार दुई खेल जितेर एक खेलअगावै सेमिफाइनलमा स्थान पक्का गरेको थियो।

नेपालले बिहीबार ओमानसँग समूह चरणको अन्तिम खेल खेल्नेछ। यो खेल जित्ने टोलीले समूह विजेताका रूपमा सेमिफाइनल खेल्नेछ। समूह ‘बी’ मा यूएईले लगातार दुई खेल जितेको छ भने बहराइन र हङकङले १–१ खेल जितेका छन्। पहिलो दुई खेल हारेको कुवेत पनि सेमिफाइनल दौडबाट बाहिरिएको छैन।

नेपालले समूह ‘बी’ को टोलीसँग सेमिफाइनल खेल्नेछ। आईसीसी ट्वान्टी–२० विश्वकपको एसिया क्षेत्रबाट फाइनलमा पुग्ने दुई टोली विश्वकपमा पुग्ने प्रावधान छ। नेपालले सन् २०१४ मा बंगलादेशमा एक पटकमात्र विश्वकपमा खेलेको थियो। त्यसयता नेपाल छनोट हुन असफल रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो