2026-09-21 01:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रचिनको शतकमा न्युजिल्याण्डले पाकिस्तानलाई दियो ४०२ रनको विशाल लक्ष्य

कार्तिक १८, काठमाडौँ | भारतमा जारी एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सङ्घर्षरत न्युजिल्याण्डले पाकिस्तानलाई ४ सय २ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । 

टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ४ सय १ रन बनाएको हो । एकदिवसीय विश्वकपमा न्युजिल्याण्डले बनाएको यो सबैभन्दा ठुलो योगफल हो । 

न्युजिल्याण्डका लागि युवा ब्याट्सम्यान रचिन रवीन्द्र नायक बने । उनले ९४ बलमा १५ चौका र १ छक्काको सयोगमा १ सय ८ रन बनाए । योसँगै आफ्नो पहिलो विश्वकपमा नै तीनवटा शतक बनाउने उनी विश्वकै पहिलो खेलाडी बनेका छन् । न्युजिल्याण्डका लागि एउटै विश्वकपमा तीन शतक बनाउने पनि उनी पहिलो हुन् ।

त्यस्तै कप्तान केन विलियमसनले ९५ रन बनाए | शतकको नजिक पुगेर चुकेका विलियमसनले ७९ बलमा १० चौका र दुई छक्का हिर्काए ।

खेलको अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै ग्लेन फिलिप्सले २५ बलमा ४१ रन बनाए । त्यस्तै मार्क च्यापम्यानले ३९ तथा डेभन कनवेले ३५ रनको योगदान दिए । पाकिस्तानका लागि बलर मोहमद वसिमले ३ तथा हसन अली, इफ्तिकार अहमद र ह्यारिस राउफले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो