कात्तिक १९, काठमाडौं | टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आइतबार खेलिएको ओमानविरुद्धको फाइनल खेलमा नेपालले आफ्नो पाँचौँ विकेट गुमाएको छ । पाँचौँ विकेटका रुपमा नेपालले गुल्सन झालाई गुमाएको हो ।
उनले टोलीका लागि ५४ रनको महत्वपूणर् योगदान गरे । उनले २५ बलको सामना गरी चार छक्का र पाँच चौका प्रहार गरे । त्यसअघि उनले २० बलमा अर्धसतक पुरा गरेका थिए ।
६० बलमा चौथो विकेट गुमाएको नेपालको स्कोरलाई कप्तान रोहित पौडेल र गुल्सन झाले एक सय ३८ रनको स्थितिमा पुर्याए । गुल्सनलाई ओमानका बलर बिलाल खानले सकिल अहमदद्वारा क्याच गराएका हुन् ।