2026-09-21 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अर्नाले क्रिकेटरलाई बाँड्यो झण्डै ४२ लाख: सबैभन्दा बढी कुशल भुर्तेललाई, कसले कति पाए?

कार्तिक २१, काठमाडौँ | अर्ना वियरले हालै टी-२० विश्वकपमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्यहरूलाई पूर्वघोषणा अनुसार नगद पुरस्कार वितरण गरेको छ । हिजो आयोजित एक समारोहमा अर्नाले कुल ४१ लाख ७६ हजार रुपैयाँ पुरस्कार हस्तान्तरण गरेको हो ।

वितरित पुरस्कारमध्ये १८ लाख ७७ हजार रूपैयाँको चेक क्रिकेट टीमका लागि कप्तान रोहित पौडेललाई हस्तान्तरण गरियो । यो रकम छनोट प्रतियोगिताका लागि घोषित राष्ट्रिय टीमका १५ सदस्यसहित २१ जनाले दामासाहीले पाउनेछन् । यसअनुसार सबैको भागमा करिब ९० हजार रूपैयाँ पर्ने भएको छ ।

१५ सदस्यीय टीममा ललित नारायण राजवंशी, प्रतिश जिसी र विनोद भण्डारीले छनोट प्रतियोगिताका कुनै पनि खेल खेल्न पाएका थिएनन् । यस्तै, दीपेन्द्रसिंह ऐरीले सेमिफाइनल खेले पनि उनले बलिङ र ब्याटिङ दुवै गरेनन् । क्याच र रनआउट पनि नगरेका उनले व्यक्तिगत विधाको पुरस्कार पाएका छैनन् । दामासाहीले मिल्ने ९० हजार रूपैयाँमा नै उनले चित्त बुझाउनुपर्ने भएको छ ।

अर्नाले प्रतियोगिताअघि खेलाडीहरूलाई उनीहरूको प्रदर्शनका आधारमा नगद पुरस्कार दिने घोषणा गरेको थियो । ब्याट्सम्यानलाई प्रत्येक रनका लागि एक हजार, चौकाका लागि १० हजार (अतिरिक्त) र छक्काका लागि २० हजार (अतिरिक्त) दिने भनिएको थियो । यस्तै, बलरलाई प्रत्येक डट बलका लागि एक हजार, मेडन ओभरका लागि १० हजार, विकेटका लागि २५ हजार नगद दिने अर्नाले घोषणा गरेको थियो । दोस्रो म्याचमा पुरस्कारको विधा थप्दै रनआउट र क्याच गर्नेलाई २५ हजार दिने घोषणा गरियो ।

तर, पुरस्कारको यो ढाँचा वैज्ञानिक नभएको र सबै खेलाडीलाई न्याय नहुने भनेर विवाद बढेपछि अर्नाले सेमिफाइनल र फाइनलमा व्यक्तिगत विधाको पुरस्कार हटायो । त्यसपछि सिंगै टीमलाई पुरस्कार दिने नयाँ घोषणा गरियो । जसअनुसार टिमले प्रत्येक डट बलका लागि २ हजार रुपैयाँ, विकेटका लागि ३० हजार रूपैयाँ मेडन ओभरका लागि २० हजार पाएको छ । यस्तै प्रत्येक रनका लागि १५ सय, चौकाका लागि १५ हजार र छक्काका लागि २५ हजारको दरले हिसाब गरेर १८ लाख ७७ हजार रकम टीमलाई उपलब्ध गराइएको हो ।

कसले कति पाए?

व्यक्तिगत विधामा सबैभन्दा बढी रकम कुशल भुर्तेलले प्राप्त गरेका छन् । प्रतियोगितामै सर्वाधिक रन बनाएका भुर्तेलले अर्नाबाट ५ लाख ३ हजार रुपैयाँ प्राप्त गरे । दोस्रो सर्वाधिक रकम कुशल मल्लको भागमा पर्यो । उनले २ लाख ९० हजार रूपैयाँ प्राप्त गरे । यस्तै, आसिफ शेखले २ लाख ३९ हजार, अविनाश बोहराले २ लाख २४ हजार र करण केसीले २ लाख २ हजार ५०० पाएका छन् ।

अन्य खेलाडीहरूमा सन्दीप लामिछानेले एक लाख ८२ हजार, रोहित पौडेलले एक लाख ६३ हजार, गुल्शन झाले एक लाख ४१ हजार ५ सय, विवेक यादवले १ लाख ४१ हजार, सोमपाल कामीले एक लाख ४३ हजार र सन्दीप जोराले ७० हजार रूपैयाँ पाएका छन् ।

राष्ट्रिय टीमका म्यानेजर सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही, भिडिओ एनालिस्ट रमन शिवाकोटी, फिजियो विक्रम न्यौपाने, स्ट्रेन्थ एन्ड कन्डिसनिङ कोच अब्दुल सतार, कन्सल्टेन्ट कोच नन्दन हन्मन्त फडनिसले पनि दामासायीले ९० हजार पाउनेछन् । टीमका प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई नगद पुरस्कार दिइएको छैन । उनलाई समारोहमा टोकन अफ लभ प्रदान गरियो । अर्नाले प्रशिक्षक देसाईलाई छुट्टै कार्यक्रम राखेर विशेष सम्मान गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो