2026-07-28 05:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यू-१९ एसिया कपमा पनि नेपालका प्रतिद्वन्द्वी भारत र पाकिस्तान

कार्तिक २२, काठमाडौँ | यू-१९ एसिया कपमा नेपालले समूह चरणमै कठिन प्रतिद्वन्द्वीको सामना गर्ने भएको छ ।

एसियन क्रिकेट काउन्सीलले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग भिड्नुपर्ने भएको हो ।

एसिया कपको आगामी संस्करण यूएईमा आउँदो ८ डिसेम्बरबाट सुरु हुँदै छ । नेपाल समूह ‘ए’ मा परेको छ, जहाँ भारत, पाकिस्तान र अफगानिस्तानसमेत छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, यूएई र जापान छन् ।

नेपालले पहिलो खेल पाकिस्तानसँग ८ डिसेम्बरमै खेल्ने छ । दुबईको आईसीसी एकेडेमी ओभलमा उक्त खेल स्थानीय समयअनुसार बिहान ९ः३० मा सुरु हुने जनाइएको छ ।

यस्तै, दोस्रो खेल नेपालले अफगानिस्तानसँग १० डिसेम्बरमा सोही मैदानमा खेल्ने छ । यसै गरी, तेस्रो तथा समूह चरणको अन्तिम खेल १२ डिसेम्बरमा नेपालले भारतसँग खेल्नेछ ।

प्रत्येक समूहबाट शीर्ष दुई टीम सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल १५ डिसेम्बरमा दुई अन्तर्राष्ट्रिय रंगशालामा आयोजना हुने भएको छ ।

हालै भएको छनोट प्रतियोगिताबाट नेपालको यू१९ टिमले एसिया कपमा स्थान बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ