२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

‘म्याक्सवेल म्याजिक’ बारे विराट कोहली भन्छन्- ‘यस्तो कमाल तिमीबाहेक अरू कसैले गर्न सक्दैन’

२०८०, २२ कार्तिक बुधबार १०:१८

कार्तिक २२, काठमाडौँ | आईसीसी विश्वकप क्रिकेटको मंगलबार राति सम्पन्न अफगानिस्तानविरुद्धको खेलमा गरेको अविश्वासिलो ब्याटिङको प्रसंगलाई लिएर प्रभावशाली भारतीय क्रिकेटर विराट कोहलीले अस्ट्रेलियन ब्याट्सम्यान ग्लेन म्याक्सवेलको विषयमा छोटो तर, सटिक प्रतिक्रिया दिएका छन् । 

मुम्बईस्थित वानखेड स्टेडियममा मंगलबार राति अफगानिस्तानले दिएको दुई सय ९२ रनको विजय लक्ष्य पछ्याउँदै अस्ट्रेलिया जवाफी ब्याटिङमा ओर्लिएको थियो । खेलको प्रारम्भमा अत्यन्तै निरीह अवस्थामा रहेको अस्ट्रेलियाले केवल ९१ रनको कुल स्कोरमा सात प्रभावशाली विकेट गुमाइसकेको थियो । 


त्यतिबेलासम्म अस्ट्रेलिया हारको स‌घारमा पुगिसकेको थियो । क्रिजमा थिए, छैठौँ नम्बरका ब्याट्सम्यान ग्लेन म्याक्सवेल र कप्तान प्याट कुमिन्स । तर, ३५ वर्षीय म्याक्सवेल आफै घाइते अवस्थामा थिए । केही दिनअघि गल्फ खेल्नेक्रममा उनलाई चोट लागेको थियो । 

सोही कारणले उनले इङ्ल्यान्डविरुद्धको खेल पनि गुमाएका थिए । त्यसैले मंगलबार अफगानिस्तानविरुद्ध उनले गतिलो प्रदर्शन गर्नेमा कोही पनि विश्वस्त थिएन । तर त्यो खेलमा म्याक्सवेलले जे गरेर देखाए त्यो विश्व क्रिकेटका थुप्रै हस्तीहरुकै लागि पनि अविश्वासिलो थियो । 

त्यो खेलमा म्याक्सवेलले थुप्रै कीर्तिमानबिच अविजित रहँदै दोहोरो शतक प्रहार गर्दै अस्ट्रेलियालाई तीन विकेटको जित दिलाएका थिए । जितसँगै अस्ट्रेलिया जारी विश्वकपको सेमिफाइनलमा पुग्ने तेस्रो टोली पनि बनेको थियो । 

म्याक्सवेलले केवल एक सय २८ बलको सामना गरी १० छक्का र २१ वटा चौका प्रहार गरेका थिए । कप्तान कुमिन्सले पनि म्याक्सवेलले गतिलो साथ दिँदै ६८ बलमा अविजित १२ रन बनाएका थिए । त्यही अविश्वासिलो प्रदर्शनका लागि यतिबेला विश्वभरका क्रिकेट खेलाडी र खेलप्रेमीबाट उनले प्रशांसा बटुलिरहेका छन् । 

यसैक्रममा भारतीय टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले पनि ‘म्याक्सवेल म्याजिक’ को विषयमा छोटो तर सटिक प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमार्फत म्याक्सवेललाई बधाइ दिँदै कोहलीले भनेका छन्, ‘यस्तो कमाल तिमीवाहेक अरु कसैले गर्न सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने