२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अष्ट्रेलियासँगको हारपछि मोदीलाई धन्यवाद दिदै शमीले भने, ‘हामी फर्कने छौँ ’

४ मंसिर २०८०, सोमबार ११:३३

मङ्सिर ४, काठमाडौँ |  विश्वकपमा भारतका लागि सर्वाधिक विकेट लिने खेलाडी मोहम्मद शमीले भारतीय टोलीले कम्ब्याक गर्ने घोषणा गरेका छन् । विश्वकपको फाइनलमा अष्ट्रेलियासँगको लज्जास्पद हारपछि आफ्नो पहिलो प्रतिक्रियामा शमीले भने, ‘हामी फर्कने छौँ ।’

मोहम्मद शमीले सोसल प्लेटफर्म एक्स (ट्विटर) मा तस्बिर पोस्ट गरेका छन् । जसमा उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले अँगालो हालेको देखिएको छ । तस्विरमा प्रधानमन्त्री मोदीले उनीहरुलाई हौसला दिएको देखिन्छ । शमीले भारतीय टोलीको ड्रेसिङ रुममा आएकोमा प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका छन् ।

शमीले लेखेका छन्, ‘दुर्भाग्यवश हिजो हाम्रो दिन थिएन। म प्रतियोगितामा हाम्रो टोली र मलाई समर्थन गर्ने सबै भारतीयहरूलाई धन्यवाद दिन चाहन्छु । प्रधानमन्त्रीप्रति आभारी छु कि उहाँले विशेषगरी ड्रेसिङ रुममा आएर हामीलाई हौसला दिनुभयो ।’ शमी विश्वकपको सबैभन्दा सफल बलर बनेका थिए । उनले २४ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली