प्रभात सुवेदी । असोज २६, बर्दिया ।

यो आलु हामीले एक दानालाई अठार देखि बाईस रुपैँयामा बेच्छौँ । तर, हामीले यसरी बेच्दैनौँ यो आलु । यहाँबाट त ठूला ठूला व्यवसायिक कृषि फर्महरुको लागि लगिन्छन् आलु । क्विन्टलको हिसावले जान्छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असोज २६, बर्दिया ।

यो आलु हामीले एक दानालाई अठार देखि बाईस रुपैँयामा बेच्छौँ । तर, हामीले यसरी बेच्दैनौँ यो आलु । यहाँबाट त ठूला ठूला व्यवसायिक कृषि फर्महरुको लागि लगिन्छन् आलु । क्विन्टलको हिसावले जान्छ "/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

लौ हजुर ! आलु दानाको बाईस रुपैँया

२६ आश्विन २०७३, बुधबार १४:३८

प्रभात सुवेदी । असोज २६, बर्दिया ।

यो आलु हामीले एक दानालाई अठार देखि बाईस रुपैँयामा बेच्छौँ । तर, हामीले यसरी बेच्दैनौँ यो आलु । यहाँबाट त ठूला ठूला व्यवसायिक कृषि फर्महरुको लागि लगिन्छन् आलु । क्विन्टलको हिसावले जान्छ । यसको बीऊ ल्यावबाट उत्पादन गरिन्छ ।

 

यो भनाई पोखरा घर भई हाल बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ६ मा रहेको पूर्व मूल वीउ आलु उत्पादन उप–आयोजनामा कार्यरत महेश्वर आचार्यको हो । 

नेपाल सरकार कृषि विकास मन्त्रालय कृषि विभाग साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको आर्थिक सहयोगमा सञ्चालित यस उप–आयोजना अन्तर्गत कुशल एग्रीकल्चर रिसर्च एण्ड डेभ्लपमेन्ट सेन्टरले बर्दियाको बाँसगढी नगरपालिकाको वडा नं. ६, लक्ष्मणामा गुणस्तरीय आलुको बीउ उत्पादन गरी आलु बालीको उत्पादकत्वमा वृद्धि गर्न ३० हजार विरुवाबाट चार लाख दाना उत्पादन गर्ने उद्देश्यले आयोजना सञ्चालन गरिएको बताइएको छ । यसरी आलुको मूल बीउ उत्पादनका लागि एउटा टिस्युकलचर प्रयोगशाला भवन तथा दुई ओटा जालीघरको निर्माण गरी कार्य आरम्भ गरिएको छ ।

 

२ सय महिला र ३ सय पुरुष गरी जम्मा ५ सय जना कृषकहरु यस उप–आयोजनाबाट लाभान्वित हुने लक्ष्य राखिएको छ । कृषि व्यवसाय अनुदानबाट रू. ६१ लाख र संस्थाको रू. ४६ लाख गरी कूल १ करोड ७ लाखको लगानीमा आयोजना सञ्चालन गरिएको हो । 

अहिले काठमाडौँबाट टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरी विरुवाहरु ल्याइएतापनि अब भने ल्याब निर्माणको क्रम अन्तिम चरणमा पुगेकोले अब यहीँ नै विरुवाहरु उत्पादन गरिने कर्मचारी महेश्र आचार्यले बताउनुहुन्छ । गत वर्ष १ लाख दाना उत्पादन गरिएको थियो । यसरी उत्पादन गरिएको बीऊबाट पाँचौँ पुस्तापछि मात्र खाने आलु उत्पादन गर्न सकिने कुरा आचार्यले साझा सबाल डट कमलाई बताउनुभयो  । पाँच पुस्तासम्म नपुग्दा कृषकहरुले लगाएर २ सय देखि ५ सय रुपैँया किलो सम्म बेच्न सक्दछन् ।

 

अहिले २ जना कर्मचारी कार्यरत रहेकोले २२ ओटा प्लान्टेसन बेन्चहरुमा अलग जातका टिस्युकल्चर प्रविधीबाट उत्पादन गरीएका बिरुवाहरु लगाइएको छ । जालीयुक्त घरभित्रको तापक्रम मेन्टेन गर्नका लागि सिस्टमबाट नै बाफ उत्पादन गरेर तापक्रम कन्ट्रोल गरिने व्यवस्था मिलाइएको छ । सामन्यतया ३ महिनामा नै बीऊ तयार हुने भएकोले लगाएको दिन पुरा भएपछि एउटा हातले जमिनमा चाप दिएर बोट निकालेर फालेको केही दिन आलुका बीउहरुमा बोक्रा कसिलो बनाइन्छ र बीऊ निकालिन्छ । 

 अहिले यो उप–आयोजना ३ कठ्ठा जमिन खरिद गरेर अध्यक्ष क्यामुना नेपालको अध्यक्षतामा सञ्चालन गरिएको छ । आलु उत्पादनका लागि बर्दिया पकेट क्षेत्र भएकोले उत्पादनका लागि यो क्षेत्रलाई काठमाडौ बाहिर पहिलोपटक छनोट गरि उत्पादन शुरु गरिएको हो । यहाँबाट उत्पादित आलुका बीऊहरु नेपालको जुनसुकै भागमा पनि लगाउन सकिने बताइएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ