प्रभात सुवेदी । असोज २६, बर्दिया ।

यो आलु हामीले एक दानालाई अठार देखि बाईस रुपैँयामा बेच्छौँ । तर, हामीले यसरी बेच्दैनौँ यो आलु । यहाँबाट त ठूला ठूला व्यवसायिक कृषि फर्महरुको लागि लगिन्छन् आलु । क्विन्टलको हिसावले जान्छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असोज २६, बर्दिया ।

यो आलु हामीले एक दानालाई अठार देखि बाईस रुपैँयामा बेच्छौँ । तर, हामीले यसरी बेच्दैनौँ यो आलु । यहाँबाट त ठूला ठूला व्यवसायिक कृषि फर्महरुको लागि लगिन्छन् आलु । क्विन्टलको हिसावले जान्छ "/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

लौ हजुर ! आलु दानाको बाईस रुपैँया

२०७३, २६ आश्विन बुधबार १४:३८

प्रभात सुवेदी । असोज २६, बर्दिया ।

यो आलु हामीले एक दानालाई अठार देखि बाईस रुपैँयामा बेच्छौँ । तर, हामीले यसरी बेच्दैनौँ यो आलु । यहाँबाट त ठूला ठूला व्यवसायिक कृषि फर्महरुको लागि लगिन्छन् आलु । क्विन्टलको हिसावले जान्छ । यसको बीऊ ल्यावबाट उत्पादन गरिन्छ ।

 

यो भनाई पोखरा घर भई हाल बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ६ मा रहेको पूर्व मूल वीउ आलु उत्पादन उप–आयोजनामा कार्यरत महेश्वर आचार्यको हो । 

नेपाल सरकार कृषि विकास मन्त्रालय कृषि विभाग साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको आर्थिक सहयोगमा सञ्चालित यस उप–आयोजना अन्तर्गत कुशल एग्रीकल्चर रिसर्च एण्ड डेभ्लपमेन्ट सेन्टरले बर्दियाको बाँसगढी नगरपालिकाको वडा नं. ६, लक्ष्मणामा गुणस्तरीय आलुको बीउ उत्पादन गरी आलु बालीको उत्पादकत्वमा वृद्धि गर्न ३० हजार विरुवाबाट चार लाख दाना उत्पादन गर्ने उद्देश्यले आयोजना सञ्चालन गरिएको बताइएको छ । यसरी आलुको मूल बीउ उत्पादनका लागि एउटा टिस्युकलचर प्रयोगशाला भवन तथा दुई ओटा जालीघरको निर्माण गरी कार्य आरम्भ गरिएको छ ।

 

२ सय महिला र ३ सय पुरुष गरी जम्मा ५ सय जना कृषकहरु यस उप–आयोजनाबाट लाभान्वित हुने लक्ष्य राखिएको छ । कृषि व्यवसाय अनुदानबाट रू. ६१ लाख र संस्थाको रू. ४६ लाख गरी कूल १ करोड ७ लाखको लगानीमा आयोजना सञ्चालन गरिएको हो । 

अहिले काठमाडौँबाट टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरी विरुवाहरु ल्याइएतापनि अब भने ल्याब निर्माणको क्रम अन्तिम चरणमा पुगेकोले अब यहीँ नै विरुवाहरु उत्पादन गरिने कर्मचारी महेश्र आचार्यले बताउनुहुन्छ । गत वर्ष १ लाख दाना उत्पादन गरिएको थियो । यसरी उत्पादन गरिएको बीऊबाट पाँचौँ पुस्तापछि मात्र खाने आलु उत्पादन गर्न सकिने कुरा आचार्यले साझा सबाल डट कमलाई बताउनुभयो  । पाँच पुस्तासम्म नपुग्दा कृषकहरुले लगाएर २ सय देखि ५ सय रुपैँया किलो सम्म बेच्न सक्दछन् ।

 

अहिले २ जना कर्मचारी कार्यरत रहेकोले २२ ओटा प्लान्टेसन बेन्चहरुमा अलग जातका टिस्युकल्चर प्रविधीबाट उत्पादन गरीएका बिरुवाहरु लगाइएको छ । जालीयुक्त घरभित्रको तापक्रम मेन्टेन गर्नका लागि सिस्टमबाट नै बाफ उत्पादन गरेर तापक्रम कन्ट्रोल गरिने व्यवस्था मिलाइएको छ । सामन्यतया ३ महिनामा नै बीऊ तयार हुने भएकोले लगाएको दिन पुरा भएपछि एउटा हातले जमिनमा चाप दिएर बोट निकालेर फालेको केही दिन आलुका बीउहरुमा बोक्रा कसिलो बनाइन्छ र बीऊ निकालिन्छ । 

 अहिले यो उप–आयोजना ३ कठ्ठा जमिन खरिद गरेर अध्यक्ष क्यामुना नेपालको अध्यक्षतामा सञ्चालन गरिएको छ । आलु उत्पादनका लागि बर्दिया पकेट क्षेत्र भएकोले उत्पादनका लागि यो क्षेत्रलाई काठमाडौ बाहिर पहिलोपटक छनोट गरि उत्पादन शुरु गरिएको हो । यहाँबाट उत्पादित आलुका बीऊहरु नेपालको जुनसुकै भागमा पनि लगाउन सकिने बताइएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन