२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

सुन तस्करीमा अर्को खतरनाक जालो रहेको खुलासा

९ पुष २०८०, सोमबार ०३:४३

पुस ९, काठमाडौँ | पछिल्लोपटक १४ किलो सुन तस्करी प्रकरणले सुन तस्करीको अर्को खतरनाक जालो उजागर गरेको छ । उक्त प्रकरणमा पक्राउ परेका मीनबहादुर घलेसहितको टोलीले पटकपटक गरी हालसम्म विदेशबाट १ सय ३८ किलोग्राम सुन अवैध रूपमा भित्र्याएको खुलासा भएको छ । 

यसअघि गत साउन २ मा ६१ दशमलव ७ किलोग्राम सुन पक्राउ परेको थियो । गत मंसिर २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ केजी सुन बरामद गरिएको विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बनाएको छानबिन समितिले छानबिन गरी तयार पारिएको प्रतिवेदनमा सो तथ्य खुलाइएको हो ।

विमानस्थल भन्सार कार्यालय अधिकृत एवं छानबिनसमितिका संयोजक भन्सार अधिकृत मणिराम पौडेलले प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डेलाई आइतबार छानबिन प्रतिवेदन बुझाउँदै १४ किलो सुन तस्करी प्रकरणमा छानबिन गर्दा यति धेरै सुन तस्करी भएको खुल्न आएको जानकारी दिएका हुन् ।

१४ किलो सुन तस्करी प्रकरणमा प्रहरीले चन्द्र घलेसहित ९ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूले स्वीकार गरेको आधारमा हालसम्म १ सय ३८ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पैठारी गरिसकेको तथ्य खुल्न आएको हो ।

५५ वर्षीय घले २१ गते फ्लाई दुबईको विमानबाट नेपाल आएका थिए । उनले स्टकोट जस्तो विशेष कपडा नै सिलाएर गोजी बनाई २(२ केजीका ७ वटा बिस्कुट आकारको सुन लुकाएर ल्याएका थिए। उनको ुट्राभल हिस्ट्रीु बाट उनी एक वर्षमा ५२ पटकसम्म दुबई गएको देखिएको छ ।

मीनबहादुर घलेले कृष्णकुमार श्रेष्ठ र चन्द्र घलेलाई परिचालन गरी दुबईस्थित अकित अग्रवालको नामले चिनिने व्यक्ति र गुरु भन्ने व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करी गर्दै आएको समितिले जनाएको छ । चन्द्र घलेले हालसम्म पहिलोपटक २ पोका, दोस्रोपटक ४ पोका र तेस्रोपटक चार पोकागरी सात पोका सुन ल्याएको स्वीकार गरेका छन् ।

छानबिन टोलीका संयोजकका अनुसार सो टोलीले एक खेपमा ५ देखि १४ किलो सुन लिएर आउने गरेका छन्। उनीहरूले डीबी गुरुङको सहयोगमा दुबईबाट ल्याएको सुन विमानस्थलबाट बाहिर निकालेर गुरुङको घरमा पुयाउने गरेका छन्।

विमानस्थलबाट सुन बाहिर निकाल्न त्यहाँ कार्यरत नागरिक उडड्यन कार्यालय गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, सेवा निवृत्त भई करारमा कार्यरत रमेश देउला, एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेत सक्रिय हुने गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । भरियाले ल्याएको सुन विमानस्थल बाहिर निकालिसकेपछि रमेश देउला, राधाकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठले काठमाडौंको बानियाँटारस्थित सूर्यदर्शन हाइटमा रहेको डीबी गुरुङको घरमा पुग्याउने गरेको देखिएको समितिले जनाएको छ ।

सो सुन मीनबहादुर घले र उनका साथी जोन भन्ने जीवन गुरुङले अकित अग्रवालले भनेको स्थानमा लगी दिने गरेको पनि खुलेको छ । त्यसपछि त्यो सुन कहाँ पुयाइन्छ समितिले पत्ता लगाउन सकेको छैन ।

 यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह