२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

मानिस किन २०० बर्षसम्म बाँच्दैन? बैज्ञानिकहरु भन्छन्-कारण हो डायनोसर

१५ पुष २०८०, आईतवार ०७:०४

पुस १५, काठमाडौँ | मान्छे सय वर्ष बाँच्यो भने ठूलो कुरा हो। गाउँ गाउँमा सय वर्ष सम्म मानिस बाँच्यो भने ती मानिसलाई बाजासहित घुमाइन्छ, अझ हाम्रो समाजमा ८४ बर्ष लागे पछि चौरासी गर्ने चलन पनि छ।

तर के तपाईंले कहिल्यै सोच्नुभएको छ किन १०० वर्ष मात्र मान्छे बाँच्छ र किन २ सय वर्ष बाँच्न सक्दैन त? हालै एउटा नयाँ अनुसन्धानले यसको सबन्ध डायनोसरसँग देखाइएको छ।

बर्मिङ्घम विश्वविद्यालयका प्रोफेसर जोआओ पेड्रो डे म्यागाल्हेसले आफ्नो सिद्धान्तमा यो डायनासोरसँग सम्बन्धित हुनसक्ने बताएका छन्। यस सम्बन्धी जानकारी बायो-एस्से जर्नलमा प्रकाशित भएको छ।


यसमा भनिएको छ कि १० करोड वर्ष पहिले डाइनोसरहरूले स्तनधारी प्राणीहरूलाई विकास गर्न लगाएको दबाबले उनीहरूको जीवनकालमा असर गरेको थियो।

सो अनुसन्धान रिपोर्टका अनुसार मेसोजोइक युगमा डायनासोरहरूको प्रभुत्व थियो। प्रारम्भिक स्तनधारीहरू निरन्तर खतरामा थिए। आफ्नो अस्तित्व कायम राख्न तिनीहरूले छिटो प्रजनन गर्न आवश्यक थियो। यस निरन्तर दबाबको कारण प्रारम्भिक स्तनपायीहरूमा दीर्घायुसँग सम्बन्धित जीनहरू हराए वा निष्क्रिय भए।

अनुसन्धान अनुसार सरीसृप र उभयचर प्राणी स्तनपायी प्राणीभन्दा लामो समयसम्म बाँच्न सक्ने बताएको छ । विशेष कुरा यो हो कि तिनीहरूले बुढ्यौलीको लक्षण पनि देखाउँदैनन् जबकि स्तनधारी जनावरहरूमा पनि बुढ्यौली देखिन थाल्छ।

प्रतिवेदनमा भनिएको छ कि मानिस सबैभन्दा लामो समयसम्म बाँच्ने स्तनधारी जनावर मध्ये एक हो। तर, यदि मानिसलाई सरीसृपसँग तुलना गर्ने हो भने तिनीहरू चाँडै बूढो देखिन थाल्छन्। मेसोजोइक युगमा भएको आनुवंशिक समस्याले हामी मानिसकाे आयु रोकेको वैज्ञानिकहरूको भनाइ छ।

आज प्रविधि र विकासका कारण मानिस शक्तिशाली बनेको भए पनि लाखौं वर्ष अघि स्तनधारी प्राणी खाद्य श्रृंखलाको तल्लो तहमा थिए । डायनासोरको खतराको बीचमा स्तनधारी प्राणीहरू विकसित भए।

रिपोर्टका अनुसार स्तनधारी प्राणीले लामो जीवन बाँच्नुभन्दा प्रजननलाई प्राथमिकता दिएका कारण मानिसहरु पनि त्यसैमा परे । त्यसैको नतिजा आज मानव, ह्वेल र हात्ती जस्ता धेरै स्तनपायी प्राणीहरूले देखिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने