पुस १५, काठमाडौँ | मान्छे सय वर्ष बाँच्यो भने ठूलो कुरा हो। गाउँ गाउँमा सय वर्ष सम्म मानिस बाँच्यो भने ती मानिसलाई बाजासहित घुमाइन्छ, अझ हाम्रो समाजमा ८४ बर्ष लागे पछि चौरासी गर्ने चलन पनि छ।

तर के तपाईंले कहिल्यै सोच्नुभएको छ किन १०० वर्ष मात्र मान्छे बाँच्छ र किन २ सय वर्ष बाँच्न सक्दैन त? हालै एउटा नयाँ अनुसन्धानले यसको सबन्ध डायनोसरसँग देखाइएको छ।

बर्मिङ्घम विश्वविद्यालयका प्रोफेसर जोआओ पेड्रो डे म्यागाल्हेसले आफ्नो सिद्धान्तमा यो डायनासोरसँग सम्बन्धित हुनसक्ने बताएका छन्। यस सम्बन्धी जानकारी बायो-एस्से जर्नलमा प्रकाशित भएको छ।

यसमा भनिएको छ कि १० करोड वर्ष पहिले डाइनोसरहरूले स्तनधारी प्राणीहरूलाई विकास गर्न लगाएको दबाबले उनीहरूको जीवनकालमा असर गरेको थियो।

सो अनुसन्धान रिपोर्टका अनुसार मेसोजोइक युगमा डायनासोरहरूको प्रभुत्व थियो। प्रारम्भिक स्तनधारीहरू निरन्तर खतरामा थिए। आफ्नो अस्तित्व कायम राख्न तिनीहरूले छिटो प्रजनन गर्न आवश्यक थियो। यस निरन्तर दबाबको कारण प्रारम्भिक स्तनपायीहरूमा दीर्घायुसँग सम्बन्धित जीनहरू हराए वा निष्क्रिय भए।

अनुसन्धान अनुसार सरीसृप र उभयचर प्राणी स्तनपायी प्राणीभन्दा लामो समयसम्म बाँच्न सक्ने बताएको छ । विशेष कुरा यो हो कि तिनीहरूले बुढ्यौलीको लक्षण पनि देखाउँदैनन् जबकि स्तनधारी जनावरहरूमा पनि बुढ्यौली देखिन थाल्छ।

प्रतिवेदनमा भनिएको छ कि मानिस सबैभन्दा लामो समयसम्म बाँच्ने स्तनधारी जनावर मध्ये एक हो। तर, यदि मानिसलाई सरीसृपसँग तुलना गर्ने हो भने तिनीहरू चाँडै बूढो देखिन थाल्छन्। मेसोजोइक युगमा भएको आनुवंशिक समस्याले हामी मानिसकाे आयु रोकेको वैज्ञानिकहरूको भनाइ छ।

आज प्रविधि र विकासका कारण मानिस शक्तिशाली बनेको भए पनि लाखौं वर्ष अघि स्तनधारी प्राणी खाद्य श्रृंखलाको तल्लो तहमा थिए । डायनासोरको खतराको बीचमा स्तनधारी प्राणीहरू विकसित भए।

रिपोर्टका अनुसार स्तनधारी प्राणीले लामो जीवन बाँच्नुभन्दा प्रजननलाई प्राथमिकता दिएका कारण मानिसहरु पनि त्यसैमा परे । त्यसैको नतिजा आज मानव, ह्वेल र हात्ती जस्ता धेरै स्तनपायी प्राणीहरूले देखिरहेका छन्।