पुस १६, काठमाडौँ | सत्तारु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १६, काठमाडौँ | सत्तारु"/>
२०८२, १२ फाल्गुन मंगलवार
राजनीति

प्रकाश ज्वालाको बचाउ गर्दै माधवले भने- सूचनाको अभावमा फस्नुभो

२०८०, १६ पुष सोमबार ११:१३

पुस १६, काठमाडौँ | सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालकुमारी घटनामा सूचनाको अभावमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला फस्न पुगेको टिप्पणी गरेका छन् ।

नेकपा (एस) का उपमहासचिव समेत रहेका मन्त्री ज्वाला आन्दोलित समूहको भिडमा पुगेकाले सो घटना घटेर आलोचना भइरहेका बेला बेला उनको सो प्रतिक्रिया आएको हो ।

सोमबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले घटनास्थल नजिकै पार्टी केन्द्रीय कमिटी बैठकबाट सरकारी कामको शिलाशिलामा बाहिर निस्किएका मन्त्री ज्वालाबारे अन्यथा टिप्पणी गरिरहन आवश्यकता नभएको पनि बताए ।

उनले सो घटनालाई आफ्नो पार्टी र सरकारले गम्भीर रुपमा लिएको उल्लेख गर्दै त्यसमा संलग्न दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताए । अध्यक्ष नेपालले त्यस्ता घटना हुन नदिन वैदेशिक रोजगारीमा युवाहरु जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्नेमा पनि जोड दिए ।

अध्यक्ष नेपालले सो घटनाका सन्दर्भमा सरोकारवाला सबै निकायले पनि आत्मचिन्तन गरेर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको पनि औंल्याए ।

यस्तो छ नेपालको भनाइः

बालकुमारीमा अस्ती एउटा घटना घट्यो । त्यो घटनाले हामी सबैलाई घच्घच्याएको छ । नेपाली युवाहरुको विदेशमा पलायन । यो नेपाली युवा, नेपाली जनता विदेशमा जानका लागि ओइरो लागेर जाने स्थिति जुन बनिराखेको छ । गाउँमा युवाहरु खाली भइरहेका छन । गाउँ युवा बहिनी बनिरहेको छ । यो समस्या जुन त्यहाँ देखापर्यो । यस सन्दर्भमा चर्चाको शिलशिलामा मन्त्रीजीको पनि चर्चा आयो । यस बारेमा म बताऊँ ।

बालकुमारीमा हाम्रो पार्टी नेकपा एकीकृत समाजवादीको केन्द्रिय कमिटी बैठक बसिरहेको थियो । ठ्याक्कै त्यो ठाउँ कता त मलाई थाहा छैन । आमनेसामने वा सम्भवतः त्यो पश्चिमतिर होला । हाम्रो बैठक बसिरहेको थियो पूर्वतिर । हामीमा बैठकमा पूरै व्यस्त थियौँ थाहा भएन । त्यसपछि उहाँ सरकारी कामको शिलशिलामा बाहिर निस्कनु भएछ । त्यसमा फँस्नुभएको हो । त्यसो हुनाले अरु कुनै शिलशिलामा होइन ।

आफ्नो पार्टीको बैठकबाट बाहिर निस्किने शिलशिलामा सम्भवत त्यो संवादको वा सूचनाको कुनै ग्यापको कारणले त्यो घटना घटेको हो । यसलाई अन्यथा रुपमा कसैले पनि लिनुपर्ने आवश्यकता छैन । यो मैले प्रष्ट पार्नैपर्ने भएकाले मैले भनेको छु । तर हाम्रो पार्टी यस मामिलामा गम्भिर छ । र, यस सवालमा सरकार पनि गम्भिर छ ।

र, सरकारले जुन गोली चलेको घटनाको सन्दर्भमा, दुई जनाको मृत्यु भएको सन्दर्भमा त्यसलाई गम्भिरताका साथ लिएर त्यसमा छानबिन गर्ने काम पनि गर्न अगाडि सरेको छ । र, जहाँबाट गल्ती भएको छ । तिनीहरु दण्डित हुनुपर्दछ । र, यस्तो घटना घटेको सन्दर्भमा सबै सरोकारवाला निकायले पनि आफैले आत्म चिन्तन गर्नुपर्ने आवश्यकता पनि छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने