२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रिय सभा चुनावमा गठबन्धनका दलहरूबीचमै सिट बाँडफाँट हुने, एमालेलाई साथमा लैजाने ढोका बन्द

२०८०, २१ पुष शनिबार ०९:००

पुस २१, काठमाडौं | राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीचमै सिट बाँडफाँट हुने भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले साथमा लैजाने ढोका बन्द भएको र सत्ता गठबन्धनमा रहेका दलहरूबीचमै सिट बाँडफाँट गर्ने निर्णय गरेको हो । 

बैठकका निर्णय सुनाउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आजको बैठकमा सत्ता गठबन्धनमा आबद्ध ४ दलका नेताहरूबीच भएको छलफलले गठबन्धनभित्रकै दलहरूबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताए । सरकारमा सहभागी दलहरूको गठबन्धनले राष्ट्रि सभाको चुनाव लड्ने बताए । यसका लागि सत्ता गठबन्धन दलहरूबिच साँझ ५ बजे छलफल हुने उनले बताए । 

लेखकले भने–‘आज साँझ ५ बजे सत्ता गठबन्धनका सबै दलहरू बसेर छलफल गर्ने कार्यक्रम छ । सत्ता गठबन्धनमा पनि आफ्नो आफ्नो हिसावले उम्मेदवार बाँडफाँड पनि गर्नुपर्नेछ । सत्ता गठबन्धनमा आबद्ध ७ दल र सहयोग गरिरहेको अर्को एउटा दल समेत गरेर ८ दलको बैठक बस्नेछ ।’

माघ ११ मा हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल एमाले पनि सहभागी हुनेबारे यसअघि छलफल भए पनि अब एमाले एक्लै चुनावी प्रतिस्पर्धामा जाने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने