2026-07-09 08:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रियसभा निर्वाचनमा कृष्ण सिटौलाको मनोनयन दर्ता

पुस २३, काठमाडौँ | राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट कृष्ण सिटौलाले मनोनयन दर्ता गराएका छन् ।

विराटनगर स्थित निर्वाचन आयोगको कार्यालयमा उनले मनोनयन दर्ता गराएका हुन् । गएको निर्वाचनमा राप्रपाका राजेन्द्र लिङ्देनसँग झापा क्षेत्र नम्बर ३ मा पराजित भएका सिटौला राष्ट्रिय सभाको निर्वाचनमा पुन उम्मेदवार भएका हुन् ।


२०४८ सालदेखि झापामा निरन्तर उम्मेदवार भएका सिटौला प्रतिनिधि सभाको निर्वाचनमा झापाबाट आठ पटक उम्मेदवार भएका छन् । उनी यस अघि पाँच पटक पराजित भएका थिए ।

कांग्रेसको महामन्त्री समेत भइसकेका सिटौला कांग्रेसको १३ औ महाधिवेशनमा सभापतिको उम्मेदवार भएका थिए । उनी शेरबहादुर देउवासँग पराजित भए ।

१४ औँ महाधिवेशनमा भने उनी देउवासँग प्याक भए । उनी कुनै पनि पदमा उम्मेदवार भएनन् । कांग्रेसमा छुट्टै गुट बनाएका सिटौलाले १४ औँ महाधिवेशनमा भने देउवालाई सघाएका थिए ।

उनको समर्थकमा हिमाल कार्की र प्रस्तावकमा प्रदीप सुनुवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो