2026-07-09 08:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्रीको सचिवालयबाट हटाइयो १३ जना कर्मचारी

माघ २, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सचिवालयमा कार्यरत १३ जना कर्मचारीलाई हटाएका छन्। माघ १ बाट लागु हुनेगरी प्रधानमन्त्री दाहालले आफ्नो सचिवालयबाट १३ जनालाई हटाएका हुन्। एक वर्षको कार्यकालको समीक्षापछि प्रचण्डले स्वकीय सचिवालयबाट ५ जना उपसचिव, एकजना शाखा अधिकृत, तीनजना प्रशासन सहायक, दुईजना कम्प्युटर सहायक, एकजना कार्यालय सहायक र २ जना हलुका सवारी चालकलाई हटाएका हुन् ।

उनले आफ्नै सचिवालयको हेरफेरसहित प्रधानमन्त्री कार्यालयमा कर्मचारी व्यवस्थापनसहितका काम थालेका हुन्। त्यस क्रममा प्रधानमन्त्री दाहालले डेढ दर्जन सचिवालयमा कार्यरत व्यक्तिहरूलाई हटाएका छन्। साथै दाहालका प्रमुख राजनीतिक सल्लाहकार र हरिबोल गजुरेलले दिएको राजीनामा स्वीकृत गरेका छन्। 

१३ जना विदाइ भएपनि सचिवालयका अत्यावश्यक ठाउँमा केही जनशक्ति पनि ल्याइने उनले बताए । सचिवालयमा राष्ट्रिय समाचार समितिबाट हरि लामिछानेलाई लगिएको छ । प्रधामनन्त्रीले अर्थ मामिलाका सल्लाहकार पनि सचिवालयमा थप्न सक्ने अधिकारीहरु बताउँछन् । अहिलेसम्म प्रधामनन्त्रीको स्वीकय सचिवालयमा ३५ जना नियुक्त भएर कार्यरत थिए ।

प्रधानमन्त्री दाहालको प्रेस सल्लाहकारमा गोविन्द आचार्य, परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा, प्रशासनिक सल्लाहकारमा रामदीप आचार्य, जनसम्पर्क सल्लाहकार देवेन्द्र पराजुलीका साथै प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा छोरी गंगा दाहाल र रमेश मल्लसहितका भने अहिले सचिवालयमा छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो