2026-07-09 08:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

हिन्दू अधिराज्य र राजा स्वीकार्ने भए कांग्रेसको भाइ भएर हिँड्न राप्रपा तयार छः राजेन्द्र लिङ्देन

माघ ९, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले हिन्दू अधिराज्य र राजा स्वीकार्ने भए राप्रपा कांग्रेसको भाइ भएर हिँड्न तयार रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित नीलप्रसाद भण्डारी स्मृति पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

सम्बोधनका क्रममा उनले हिन्दू अधिराज्य स्वीकार्न, राजालाई कुनै न कुनै ठाउँ दिन र प्रदेश खारेज गर्न सहमत भए नेपाली कांग्रेसको भाइ भएर हिँड्न राप्रपा तयार रहेको जिकिर गरे।


उनले भने, ‘यो राप्रपा कम्युनिष्टसँग के कम्युनिष्टसँग भन्नु एमालेसँग बढी मिल्छ भन्ने पीर पिराउ छ, कांग्रेसीजनहरुलाई। कांग्रेस भन्ने पार्टी राप्रपालाई अछुत जस्तो व्यवहार गर्छ अनि हामी उसको भैया पार्टी भएर जान्छौं त? हिन्दू अधिराज्य मानौं, राजालाई कुनै न कुनै ठाउँको स्थान दिलाऔं, प्रदेश खारेज गरौं। बाक्लो जनप्रतिनिधि घटाऔं। न्यायाधीश योग्यता, क्षमताको आधारमा नियुक्ति गर्ने व्यवस्था मिलाऔं। कांग्रेस त्यसमा मञ्जुर हुन्छ भने राप्रपा कांग्रेसको भाइ भएर हिँड्न तयार छ।’

साथै उनले क्षेत्री, बाहुनका कारण नेपाल धर्म निरपेक्ष बनेको आरोप लगाएका छन्। उनले देशमा धर्म निरपेक्ष आउनुमा कम्युनिष्ट, कांग्रेस लगायतका पार्टी र नेताहरुभन्दा बढी दोषी बाहुन क्षेत्री र हिन्दू भन्नेहरु नै रहेको जिकिर गरे। उनले मत नसच्याएसम्म हिन्दू राष्ट्र, हिन्दू धर्म र हिन्दू अधिराज्यको माला जपेर मात्रै हिन्दू राज्य नबन्ने बताए। 

धर्मविहीन राष्ट्रियता र राजनीति हुन नसक्ने उनको दाबी छ। अध्यक्ष लिङ्देनले जनताले मत परिवर्तन नगरेसम्म हिन्दू राष्ट्र फगत नारामात्रैमा सिमित हुने बताए। उनले चुनावमा आफूले जितेपछि हिन्दू राज्य फर्काउँछु भन्नेहरुलाई जिताउन आवश्यक रहेको बताए। 

उनले भने, ‘धर्म राजनीति अलग कुराहरु हुन् भनेर हामीलाई गाली गर्ने मानिसहरु पनि छन्। तर हामी सधैं भन्छौं, धर्मविहीन राष्ट्रियता पनि हुन सक्दैन र राजनीति पनि हुन सक्दैन। पार्टी र नेताहरुलाई दोष दिएर हुँदैन । नेताहरुको बाध्यता थियो होला, बिके होलान्, सत्ता मोहमा परे होलान्। तर तपाईले ति पार्टीहरुलाई, ति धर्मनिरपेक्ष बनाउनेहरुलाई भोट नदिएको थियो भने कसरी बनाउँथे। नेपाललाई धर्म निरपेक्ष बनाउन जति पार्टी र नेताहरु दोषी छन्, जति विदेशीहरु दोषी छन्, त्यो भन्दा हामी हिन्दु हौं भनेर ति पार्टीहरुलाई भोट दिने तपाईंहरुको हात कम दोषी छैन।’

अध्यक्ष लिङ्देनले नेपालमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले चाहेर मात्रै धर्म निरपेक्षता नआएको बताए। उनले धर्म निरपेक्ष बनाउन दाहालभन्दा बढी दोषी नेपाली कांग्रेस रहेको बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो