शुक्रबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शुक्रबा"/>

१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बाबुको किरिया बसिन् एमाले नेत्री उषाकला राई

१२ माघ २०८०, शुक्रबार ११:५५

माघ १२, काठमाडौँ | एमाले नेत्री उषाकला राई बाबुको किरियामा बसेकी छिन्।

उनका पिता रुद्र राईको बिहीबार साँझ ८७ वर्षको उमेरमा निधन भएको थियो।


शुक्रबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरेसँगै राईकी एक्ली छोरी उषाकला किरियामा बसेकी हुन्। उनी कपाल मुण्डन गरेर किरिया बसेकी हुन्।

पूर्वमन्त्री समेत रहेका एमाले नेता शेरबहादुर तामाङ उषाका पति हुन्। उनका अनुसार उषाकला घरमै किरियापुत्री बसेकी हुन्।

किरियाको १३ मध्ये ६ दिन काठमाडौँमा बाँकी ७ दिनको संस्कार गृहजिल्ला खोटाङमा हुनेछ। पाँच वर्षअघि आमा लक्ष्मी राईको निधन हुँदा पनि राई कपाल मुण्डन गरेरै किरियामा बसेकी थिइन्।

पिता राईको जन्म वि.स. १९९३ मा खोटाङको खाल्ले सेरामा भएको थियो। उनी सुरुवाती दिनदेखि नै पुष्पलालसँग सम्पर्कमा पुगेर कम्युनिष्ट आन्दोलनमा सहभागी हुँदै आएका थिए।

पुष्पलाल समूहको सदस्य लिई भूमिगत राजनीति सुरु गरेका राई पञ्चायतकालमा प्रधानपञ्च, बहुदल आएपछि २०४७ सालमा एमालेको पहिलो खोटाङ जिल्ला सचिवका रुपमा २०४७ सालमा काम गरेका थिए।

उनी २०५४ सालमा खाल्ले गाविसको गाविस अध्यक्ष निर्वाचित भएको तामाङले जानकारी दिए। खानिडाँडा विमानस्थल बनाउन उनको परिवारले निशुल्क जग्गा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी