२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गठबन्धनका नाममा कांग्रेसको लोकतान्त्रिक चरित्र गुम्न दिनु हुँदैन : नैनसिंह महर

२०८०, १३ माघ शनिबार १०:०२

माघ १३, काठमाडौं | नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले आफ्नो लोकतान्त्रिक चरित्र गुम्न दिन नहुने बताए। कांग्रेस चितवनका नेताहरूसँग शनिबार भएको भेटघाटमा नेता महरले गठबन्धनका नाममा अहिले भइरहेको राजनीतिक अभ्यासले दलीय र लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाइरहेको टिप्पणी गरे।

'कांग्रेस मुलुकको सबै भन्दा ठूलो लोकतान्त्रिक पार्टी हो। लोकतान्त्रिक चरित्रकै कारण मुलुक अप्ठ्यारोमा पड्दा सधैँ कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ। तर, गठबन्धनका नाममा भइरहेको राजनीतिक अभ्यासले दलीय र लोकतान्त्रिक अभ्यास कमजोर हुन्छ। यसतर्फ कांग्रेस चनाखो बन्नैपर्छ,' महरले भने।

गठबन्धन गरिसकेपछि जनतामा आसाको ज्योति छर्न सक्नुपर्नेमा त्यो हुन नसकेको उनले बताए। गठबन्धनले जनतामा आसा भन्दा पनि निराशा बढेको उनको टिप्पणी छ।

'गठबन्धन दल होइन, यो दलहरू मिलेर बनेको अलाइन्स हो। गठबन्धनको काम र यो खालको राजनीतिक अभ्यासप्रति जनता सन्तुष्ट छैनन्। हामीले देश र जनताका लागि राजनीति गर्ने हो। त्यसैले जनभावना अनुरूप दलहरू अगाडि बढ्नुपर्छ,' उनले भने। राम्रो काम गर्दा जनताले आफैँ बहुमत दिने र गठबन्धनको आवश्यकता नै नपर्ने महरले बताए।

कुनै विशेष परिस्थितिमा गठबन्धन गर्नु पर्ने अवस्था आउनु सामान्य भए पनि लामो समयसम्म गठबन्धनकै संस्कृति कायम राख्ने राजनीतिमा गलत संस्कारको विकास भइरहेको उनको भनाइ छ। 

गठबन्धन जनताको लागि भन्दा पनि केही निश्चित नेताहरूको लाभका लागि भइरहेको महरको आरोप छ। 'गठबन्धन गरेर केही नेतालाई पदमा पुर्‍याउने र खराब कार्यमा संलग्न भइरहेकाहरूलाई बचाउन सरकार चाहिएको पो हो कि भन्ने जनताले शंका गरिरहेको तसर्थ यस्तो गठबन्धनको के काम। गठबन्धनका माध्यमबाट संवैधानिक निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिने खालका काम गर्नु राम्रो होइन,' उनले भने।

यस्ता सबैखाले घटनाक्रमलाई मध्यनजर गर्दै कांग्रेसले गठबन्धन गर्न नहुने उनले बताए। अब कांग्रेसले एक्लै चुनाव लडेर बहुमततर्फ उन्मुख हुनका लागि पार्टीलाई बलियो बनाउने बेला आएको उनको भनाइ छ। महरले कांग्रेसले लोकतान्त्रिक चरित्रको जगेर्ना गर्न आवश्यक रहेको औंल्याए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने