१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लिङ्देनको प्रश्न: राजा ठिक थिएनन् त, त्यही राजालाई लाइन लागेर दाम चढाउन किन गएको ?

१५ माघ २०८०, सोमबार ०९:०४

माघ १५, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजालाई सरापेर राजनीति गर्ने दिन सकिएको दाबी गरेका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डबारे दिएको जवाफपछि राजनीतिक दलका नेताले दिएको प्रतिक्रयापछि अध्यक्ष लिङदेनले अब राजालाई गाली गर्ने होइन गणतन्त्रको डेढ दशकमा देशले राष्ट्रियता, सुशासन, विकास, सेवा प्रवाह र रोजगारी जस्ता विषयमा के कस्ता उपलब्धिहरू प्राप्त गर्न सक्यो त्यो देखाउन सक्नु पर्‍यो भन्दै प्रश्नसमेत तेर्साएका छन्।


मौका मिले त्यही राजा ठिक हुने नमिले बेठिक हुने प्रवृत्ति दल र नेतामा रहेको उनको बुझाई छ। ‘राजा ठिक थिएनन् त, अनि त्यही राजालाई लाइन लागेर दाम चढाउन किन गएको ? उनले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्।

दलहरूले आफ्नो कमजोरी छोप्न राजालाई दोष दिन खोजेको उनको आरोप छ। ‘जहिले दरबार हत्याकाण्डको विषय तेर्स्याएर राजालाई बदनाम गर्न र राजाप्रति घृणा पैदा गर्न खोज्नेहरूले आफ्नो शासनको यो लामो समयमा राजालाई दोषी प्रमाणित गर्न किन नसकेकोरु सामाजिक सञ्जालमा उनले प्रश्न गरेका छन्, ‘जनतालाई सधैँ मूर्ख बनाउन सकिन्न भन्ने समयमै बुझौँ१ लिङदेनले दरबार हत्याकाण्डमा आफ्नो प्रियजन गुमाएर बाँचेका दर्जनौँ जीवितहरू छन् उनीहरूलाई किन नसोधेको ? उनले भनेका छन् ।

शनिबार वीरगञ्जमा आयोजित कार्यक्रममा पूर्व राजा शाहले दरबार हत्याकाण्डबारे आफू र आफ्नो परिवारलाई पीडा दिनेगरी टिप्पणी र आरोप लगाईएको भन्दै गुनासो गरेका थिए । पूर्व राजाले दरबार हत्याकाण्डको २२ वर्षपछि मुख खोलेपनि विभिन्न राजनीतिक दलका नेताहरुले प्रतिक्रिया जनाइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी