१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट, एक जनाको हात भाँच्चियो

२१ माघ २०८०, आईतवार ०५:४२

माघ २१, धादिङ | नेकपा (एमाले) को धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भएको छ । कुटाकुटपछि अधिवेशन नै स्थगित भएको छ । १९ माघबाट सुरु भएको अधिवेशनमा शनिबार कुटाकुट भएको हो ।

शनिबार जिल्ला कमिटीबाट मनोनित गर्ने नामहरूका बारेमा विवाद भएको थियो । विवाद उग्र बन्दै जाँदा कुटाकुटमा परिणत भएको थियो । त्यस क्रममा एक जनाको हातसमेत भाँचिएको छ ।

जिल्ला अधिवेशनमा कुटाकुट भएर कार्यकर्ताको हात भाँचिएपछि एमाले बागमती प्रदेश अध्यक्ष कैलाश प्रसाद ढुंगेलले सम्मेलन स्थगित गरिदिएका छन् । बैठकमा छलफलको माग हुँदाहुँदै जिल्ला अध्यक्षले जबर्जस्ती प्रस्ताव पेस गर्दा झडपको स्थिति सिर्जना भएको ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


'जिल्ला कमिटी अध्यक्षबाट प्रस्ताव प्रस्तुत हुँदा बैठकका सहभागीहरूबाट छलफलको माग गर्दैगर्दा जिल्ला कमिटी अध्यक्षले जबर्जस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठक कक्षमा असहज परिस्थिति सिर्जना हुन पुग्यो,' ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै ढुंगेलले मर्यादित र विधिसम्मत तरिकाले अधिवेशन सम्पन्न गर्न सम्भव नदेखिएको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरिदिएका छन् । उनले समस्या समाधान गरी बन्दसत्र सुरु गर्ने पटकपटक प्रयास गर्दा पनि सम्भव नभएको ढुंगेलले जनाएका छन् ।

'पटकपटक वार्ता छलफलबाट समस्या समाधान गरी बन्दसत्र सुचारु गर्ने प्रयास गरियो तर सम्भव भएन र झन्-झन् असान्त, असहज परिस्थिति देखापर्‍यो,' ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'यो अधिवेशनलाई मर्यादित र विधिसम्मत तरिकाले सम्पन्न गर्न सम्भव नदेखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि यो अधिवेशन स्थगित गरिएको छ ।'

शनिबारको बन्दसत्र सुरु भएदेखि नै अघिल्लो दिनभन्दा बढी असहज र आक्रमक देखिएको ढुंगेलले उल्लेख गरेका छन् । 'माघ २० गते बन्दसत्रको सुरुवातबाट नै अघिल्लो दिनभन्दा बढी असहज, आक्रमक र आतंकित परिस्थिति देखा पर्‍यो । यही क्रममा पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ,' ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी