१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले धादिङमा विवादबारे बुझ्न ८ नेतालाई ओलीले बोलाए काठमाडौं

२१ माघ २०८०, आईतवार ०९:४८

माघ २१, काठमाडौँ | नेकपा (एमाले) धादिङ जिल्ला कमिटीको अधिवेशनमा देखिएको विवादबारे बुझ्न अध्यक्ष केपी शर्मा ओलीले ८ जना नेताहरूलाई काठमाडौं बोलाएका छन्।

ओलीले एमाले धादिङ जिल्ला कमिटी अध्यक्ष मण्डलसहितका नेतालाई काठमाडौं बोलाएका हुन्। जिल्ला अधिवेशन पनि सोमबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ।


अध्यक्ष ओलीले बागमती प्रदेश इन्चार्ज गुरू बराल, प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, सचिव नवराज सिलवाल, सिन्धुलीका इन्चार्ज खेम लोहनी सहितका नेतालाई पार्टी कार्यालय च्यासल बोलाएका हुन्।

अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटा, निवर्तमान जिल्ला अध्यक्ष भूमि त्रिपाठी, अध्यक्ष मण्डलका सदस्य रेशम लामा र मीनराज कँडेल सहितका नेतालाई अध्यक्ष ओलीले छलफलका लागि बोलाएको एक सदस्यले जानकारी दिए।

उनीहरूसँग अध्यक्ष ओलीले आइतबार अपराह्न ४ बजे छलफल गर्ने भएका छन्।

शुक्रबारबाट सुरू भएको एमाले धादिङको अधिवेशनमा अध्यक्ष मण्डलको अध्यक्ष कसलाई बनाउने भनेरै विवाद भएको थियो। निवर्तमान कमिटीले देवकोटालाई बनाएको थियो। 

जिल्ला अधिवेशनमा अध्यक्ष ओली समूहकै दुई गुटको लडाइँ देखिएको छ। निवर्तमान अध्यक्ष भूमि त्रिपाठी र पूर्वप्रदेश सभा सदस्य तथा बागमती प्रदेशका पूर्वराज्य मन्त्री रामकुमार अधिकारी अध्यक्षका आकांक्षी छन्।

उनीहरूबीचको गुटको लडाइँ कुटाकुटमा परिणत भएको र अनेरास्ववियुका कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी