१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित ३ जनालाई म्याद थपका लागि अदालत लगियो

२२ माघ २०८०, सोमबार ०७:४५

माघ २२, काठमाडौँ | बाँसबारीस्थित छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका तीन जनाविरुद्ध दोस्रो पटक म्याद थपका लागि आज (सोमबार) अदालत लगिएको छ।

जग्गा हिनामिना प्रकरणमा प्रक्राउ परेका अर्बपति उद्योगी ६० वर्षीय अरुण चौधरी, बाँसबारी छाला जुत्ताका तत्कालीन अध्यक्ष ८० वर्षीय अजितनारायण सिंह थापा र च्याम्पियन फुटवेयर प्रालि तथा सिजी चाँदबागका सञ्चालक महोत्तरीको महोत्तरी गाउँपालिका–१ घर भएका ४५ वर्षीय सन्जय ठाकुरविरुद्ध थप अनुसन्धानका लागि आज दोस्रो पटक म्याद थप गर्न लागिएको हो।
उनीहरुलाई म्याद थपका लागि काठामाडौं जिल्ला अदालत लगिएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले जानकारी दिए।
सीआईबीले उनीहरुलाई माघ १८ गते पक्राउ गरेको थियो। उनीहरुविरुद्ध अनुसन्धान गर्न ४ दिनको म्याद थप भएको थियो। ४ दिनको म्याद आइतबार नै सकिएकाले आज दोस्रो पटक म्याद थप गर्न लागिएको हो।
पक्राउ परेका चौधरी र थापालाई सुरुमा चिरायु अस्पताल लगिएको थियो। पछि रेफर गरेर उनीहरुलाई अहिले टोखास्थित ग्राण्डी अस्पतालमा राखिएको छ। ठाकुर भने सीआईबीकै हिरासतमा छन्। उनीहरुले च्याम्पियन सु फ्याक्ट्रीका नाममा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोप छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी