2026-07-09 08:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उद्योगपति चौधरीसहित तीनजनालाई दुई दिनपछि हाजिर जमानी छाड्न आदेश

माघ २३, काठमाडौँ | बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगपति अरुण चौधरीसहित तीनजनालाई दुई दिनपछि हाजिर जमानीमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।

नेपालप्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले गत १८ माघमा अरुणसहित तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो।


उनीहरूविरुद्ध अनुसन्धानका लागि पाँच दिनको म्याद माग्दै सिआइबी जिल्ला अदालत काठमाडौं पुगेको थियो। अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले थप अनुसन्धानका लागि दुई दिनको म्याद त थप गर्‍यो। त्यसपछिको अनुसन्धान भने हाजिर जमानीमा राखेर गर्न आदेश दियो। 

सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले अरुणसहितका तीन अभियुक्तविरुद्ध अनुसन्धानका लागि दुई दिनको म्याद थप भएको र त्यसपछिको अनुसन्धान हाजिर जमानीमा राखेर गर्न आदेश भएको बताइन्।

उनले भनिन्, ‘अरुणसहितको तीनजनालाई म्याद थप गर्न आज अदालत लगिएको थियो। उनीहरूविरुद्ध दुई दिनको म्याद थप भएको छ। त्यसपछिको अनुसन्धान भने हाजिर जमानीमा राखेर गर्न अदालतको आदेश छ।’ सिआइबीले पक्राउ अभियुक्तविरुद्ध म्याद थप गर्न सोमबार अपराह्न अदालत लगेर गएको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो