१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उद्योगपति चौधरीसहित तीनजनालाई दुई दिनपछि हाजिर जमानी छाड्न आदेश

२३ माघ २०८०, मंगलवार ०६:५९

माघ २३, काठमाडौँ | बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगपति अरुण चौधरीसहित तीनजनालाई दुई दिनपछि हाजिर जमानीमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।

नेपालप्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले गत १८ माघमा अरुणसहित तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो।


उनीहरूविरुद्ध अनुसन्धानका लागि पाँच दिनको म्याद माग्दै सिआइबी जिल्ला अदालत काठमाडौं पुगेको थियो। अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले थप अनुसन्धानका लागि दुई दिनको म्याद त थप गर्‍यो। त्यसपछिको अनुसन्धान भने हाजिर जमानीमा राखेर गर्न आदेश दियो। 

सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले अरुणसहितका तीन अभियुक्तविरुद्ध अनुसन्धानका लागि दुई दिनको म्याद थप भएको र त्यसपछिको अनुसन्धान हाजिर जमानीमा राखेर गर्न आदेश भएको बताइन्।

उनले भनिन्, ‘अरुणसहितको तीनजनालाई म्याद थप गर्न आज अदालत लगिएको थियो। उनीहरूविरुद्ध दुई दिनको म्याद थप भएको छ। त्यसपछिको अनुसन्धान भने हाजिर जमानीमा राखेर गर्न अदालतको आदेश छ।’ सिआइबीले पक्राउ अभियुक्तविरुद्ध म्याद थप गर्न सोमबार अपराह्न अदालत लगेर गएको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी