१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदरबार पुगे अमरेश, गंगा दाहालसँग मागे माफी

२३ माघ २०८०, मंगलवार ११:५७

माघ २३, काठमाडौँ | स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री दाहालसँग भेट गरेका छन् । प्रधानमन्त्री दाहाल र उनकी छोरी गंगा दाहालबारे मिडियामा विभिन्न आरोप लगाएर चर्चामा आएका सांसद सिंहले आज (मंगलबार) प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् ।

प्रधानमन्त्री दाहालसँग हिजो संसद् भवनमा भेट हुँदा एकचोटी भेट्नको लागि बिन्ती गरेपछि आज दाहालले सिंहलाई भेट दिएका हुन् । सिंहदरबारस्थित् प्रधानमन्त्रीको कार्यालयमा भएको भेटमा सिंहले प्रधानमन्त्री दाहालसँग विभिन्न विषयमा भलाकुसारी गरेका हुन् ।

सुरुमा सिंहले प्रधानमन्त्री दाहालकी छोरी गंगासँग माफी मागेको स्रोतको दाबी छ । गंगाले आफूले प्रधानमन्त्री दाहाललाई सफल बनाउनको लागि सचिवालयमा बसेर काम गरेको भन्दै किन अनावश्यक आरोप लगाएको भनेर जिज्ञासा राखेकी थिईन् ।

दाहालको जिज्ञासा भुईंमा खस्न नपाउँदै सिंहले आफूले प्रधानमन्त्री दाहालसँग भेट्न नपाएको र शान्ति प्रक्रियाको लागि आफूले खेलेको भूमिकाको मूल्यांकन नभएको कारण आवेशमा आरोप लगाएको भन्दै माफी मागेको स्रोतको दाबी छ ।

मलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो समित्व बेचेर नेपालबाट बाहिरिने निर्णय गर्नासाथ विवादमा मुछिएपछि सांसद सिंहले प्रचण्डलक्षित विभिन्न टिप्पणी गरेका थिए । ‘प्रधानमन्त्रीकी छोरी तथा स्वकीय सचिव गंगा दहालले कुन–कुन ब्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेकी छिन् त्यो सबै प्रमाण मसँग सुरक्षित छ’ सांसद सिंहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका थिए, ‘समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु ।’


सांसद सिंहको उक्त स्टाटसपछि प्रधानमन्त्रीको सचिवालयले खण्डनसमेत गरेको थियो । प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री र सचिवालयका कसैको पनि एनसेल र त्यस प्रकरणमा कुनै पनि व्यक्तिसँग मिलेमतो त परै जाओस् सामान्य संवादसम्म पनि नभएको स्पष्ट पारेको थियो । सचिवालयले कुनै तथ्य प्रमाणबिना यस प्रकारका झुट्टा प्रचार नगर्न सम्बन्धित सबैमा आग्रह गरेको थियो भने माओवादी केन्द्रका नेताहरुले अमरेशलाई ठेगानमा बस्न नत्र आफूहरुले ठेगान लर्गादिेन चेतावनी दिएका थिए ।

सर्लाही–४ बाट स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाव जितेका डा. सिंह चर्चामा आइरहने नेताको रुपमा चिनिन्छन् । उनी ०७९ साल पुष १० गते प्रचण्ड एमालेसहितको गठबन्धनबाट प्रधानमन्त्री बन्दा प्रचण्डको साथमा उभिएका थिए ।

कतिपयले प्रचण्डले आफूलाई मन्त्री बनाउने वचन दिएरपनि नबनाएकोले सिंहले अहिले आक्रोश पोख्ने गरेको भनेर पनि दाबी गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी