१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपाप्रति गगनको टिप्पणी– जादुगर हुँ भन्दै आएर संविधानमाथि प्रहार गरिरहेका छन्

२६ माघ २०८०, शुक्रबार ११:३४

माघ २६, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ राजनीतिक दलहरुबाट पनि संविधानमाथि प्रहार भइरहेको टिप्पणी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति लक्षित गर्दै थापाले नयाँ दलहरु निर्वाचनमा भग लिएको जस्तो देखिएपनि इतिहासलाई मेटाउने, संघर्षका दिनहरुलाई मेटाउने काममा लागेको आरोप लगाए। 

शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्‌घाटन कार्यक्रममा बोल्दै महामन्त्री थापाले आफू जादुगर हुँ भन्दै आउनेहरु लोकरिझ्याइँको राजनीति गरेर संविधानमाथि निरन्तर प्रहार गरिरहेको बताए। संविधानमाथि प्रहार गर्नेहरुलाई चिनेर चिरफार गर्नुपर्ने थापाको भनाइ छ। 

विगतको अध्याँरोको बारेमा चर्चा गरेर अहिलेको कामलाई ओझोलमा पार्ने काम भइरहेको पनि थापाले उल्लेख गरे। 

थापाले भने, ‘आज हाम्रो संविधानमाथि आएका प्रहार कहाँबाट आएका छन्। एउटा प्रहार र कोण छ, त्यो नयाँ, नचिनेको र नहराएको पात्र होइनन्। तिनको हातबाट खोसेर जनताको यो संविधान बनाएका हो। तिनलाई यो व्यवस्था मन पर्दैन भन्ने राम्रोसँग थाहा छ। तिनीहरु हिजोको अध्याँरोको बारेमा चर्चा गर्दछन् भन्ने पनि राम्रोसँग थाहा छ। त्यो पुनरुत्थानवादी प्रवृति हिजो पनि थियो, आज पनि छ र त्यसलाई हामीले चिन्नुपर्छ। योसँगै अर्को एउटा प्रवृति आएको छ, जसले हेर्दै गर्दा संविधान मानेको जस्तो देखिन्छ। जसले निर्वाचनमा भग लिएको जस्तो देखिन्छ, तर ख्याल गर्ने हो हामीले भने यसले हाम्रो इतिहासलाई डिसमिस गर्दछ। यसले हाम्रो संघर्षका दिनहरुलाई डिसमिस गर्दछ। यसले गणेशमान मान्दैन, यसले बीपी कोइराला मान्दैन। यसले २०४६ सालको आन्दोलन मान्दैन। यसले ०६२ सालको आन्दोलन मान्दैन। यसले हाम्रो संघर्षको उपहास गर्दछ। यसले विधि, प्रक्रिया मान्दैन। म जादुगर हुँ भनेर आउँछ। यो पनि यो लोकरिझ्याइँको राजनीति पनि यसले पनि संविधानमाथि लगातार प्रहार गरिरहेको छ। संविधान माथिको प्रहारहरु छ भनेर यसको विवेचना गर्ने, यसलाई टुलुटुलु हेरेर बस्ने होइन, चिनेर चिर्ने हो।’

महामन्त्री थापाले नेपाली कांग्रेसलाई देशमा संकट छ भन्ने छुट नरहेको बताए। उनले देश सम्हाल्ने काम कांग्रेसको भएको बताए। महामन्त्री थापाले सुशासनलाई पार्टीले मन्त्र बनाएर अघि बढ्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी