२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘जनयुद्ध दिवस’ भन्दै गोरखाको अजिरकोट गाउँपालिकाले दियो फागुन १ मा सार्वजनिक बिदा

२०८०, २८ माघ आईतवार १२:०२

माघ २८, काठमाडौँ | गोरखाको अजिरकोट गाउँपालिकाले 'जनयुद्ध दिवस' भन्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।गाउँपालिकाको आइतबार बसेको कार्यपालिकाको ११२औं बैठकले जनयुद्ध दिवसको उपलक्ष्यमा भन्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सूचना जारी गर्दै गाउँपालिकाले भनेको छ, ‘आइतबारको कार्यपालिका बैठकले अजिरकोट गाउँपालिका कार्यालय, मातहतका कार्यालय, सम्पूर्ण विद्यालय र पालिका भित्र सञ्चालित सम्पूर्ण बैंक तथा वित्तीय संस्था बिदा दिने भनि निर्णय गरेकोले सोही बमोजिम अजिरकोट गाउँपालिका भित्र फागुन १ गते सार्वजनिक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’

सर्वोच्च अदालतले फागुन १ मा 'जनयुद्ध दिवस'का अवसरमा भनेर दिएको बिदालाई असंवैधानिक ठहर गरेको थियो। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले पुस १३ मा गरेको फैसलाको पूर्णपाठमा उक्त बिदा किन असंवैधानिक हो भन्ने उल्लेख छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज