१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेकपा माओवादीको केन्द्रिय समिति बैठक आज पनि

२९ माघ २०८०, सोमबार ०३:०४

माघ २९, काठमाडौं | नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको छ ।

हिजो देखी काठमाडौँमा सुरू भएको केन्द्रिय समिति बैठकमा यसअघि भएको माओवादी रूपान्तरण अभियानका बारेमा समिक्षा सुरू गरिएको छ । आज पनि सो अभियानका बारेमा छलफल हुने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यतालिका रहेको छ । 

फागुन १ गते देखी सुरू हुने बिधान अधिवेसन अघि माओवादीले केन्द्रिय समिति बैठक बोलाएको छ । गत शनिवार सम्पन्न स्थायी समितिले १ सय ५१ सदस्यीय केन्द्रिय समिति बनाउने प्रस्ताव पारित र त्यसलाइ पदाधिकारीले टुंगो लगाएर बिधान अधिवेसनमा पेश गर्ने निर्णय गरेको भोलीपल्ट सो केन्द्रिय समिति बैठक बोलाइएको हो ।    

हिजोको बैठकमा उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुन, प्रवास इन्चार्ज राम कार्की, सम्पर्क समन्वयका इन्चार्ज गिरिराजमणि पोखरेल, कोशीका इन्चार्ज चक्रपाणि खनाल, मधेसका इन्चार्ज लीलामणि पोखरेल, बागमतीका इन्चार्ज जनार्दन शर्मा, गण्डकीका इन्चार्ज देवेन्द्र पौडेल, लुम्बिनीका इन्चार्ज हितमान शाक्य, कर्णालीका इन्चार्ज मातृका यादवले अभियानका बारेमा रिपोर्टिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी