2026-07-09 07:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

टुँडिखेल नपाएपछि प्रसाईंले भोलि भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने

माघ २९, काठमाडौँ | दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ ले फागुन १ मा काठमाडौँको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने भएको छ । प्रसाईँले यसअघि काठमाडौँको टुँडिखेलमा कार्यक्रम गर्न प्रशासनसँग अनुमतिका लागि निवेदन दिएका थिए । तर उक्त स्थान खाली नभएपछि भृकुटीमण्डपस्थित खुला चौरमा कार्यक्रम गर्न अनुमति दिएको जिल्ला प्रशासन कार्यालय काठमाडाैँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

‘टुँडिखेल नेपाली सेनाको होल्डमा रहेछ । त्यहाँ सेनाले चिनियाँ टोलीलाई कार्यक्रम गर्न दिएको र खाली नभएकाले प्रसाईंलाई भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति दिइएको छ’,प्रमुख जिल्ला अधिकारी बस्नेतको भनाई छ ।

प्रसाईँले फागुन १ गते भ्रष्ट बिचौलिया र तस्करहरूको नाङ्गेझार गर्ने जनाएका छन् । साथै उनले कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत सहभागी गराउने दाबी गर्दै आएका छन् । प्रसाईंले व्यवस्था परिवर्तन गर्ने भन्दै यसअघि पहिलोपटक गत मङ्सिर ७ गते काठमाडौँको बल्खुमा कार्यक्रम गरेका थिए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो