१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रिय सभाबाट मनी लाउन्डरिङ विधेयक स्वीकृत

२९ माघ २०८०, सोमबार ११:१५

माघ २९, काठमाडौँ | राष्ट्रिय सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) तथा व्यावसायिक वातावरण प्रवर्धन विधेयक स्वीकृत भएको छ । 

सोमबार बसेको राष्ट्रिय सभा बैठकले उक्त विधेयक स्वीकृत गरेको हो । प्रतिनिधिसभाले संशोधनसहित पारित गरेर पठाएको उक्त विधेयकलाई राष्ट्रिय सभामा सर्वसम्मतिबाट स्वीकृत गरेको सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । 

यसअघि उक्त विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो । सो क्रममा राष्ट्रिय सभाका सदस्यहरूले स्रोत नखुलेको सम्पत्ति गैरकानुनी ठहर नभएमा वैध हुने दफा २८ को प्रावधानप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।

त्यसपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सदस्यहरुले उठाएका प्रश्न र जिज्ञसाको जवाफ दिएका थिए । सो क्रममा आपराधिक कर्मबाट नकमाएको सम्पत्ति वैधानिकता दिने प्रक्रिया नपुगेमा मात्र वैध हुने भन्दै उनले त्यस्तो सम्पत्तिमा ५० प्रतिशत कर लाग्ने व्यवस्था गरेको जानकारी गराए । 

यसपछि उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी