२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले परित्याग गरी दर्जन बढी मानिस कांग्रेसमा प्रवेश. डा. आलमद्वारा स्वागत

२०८०, २ फाल्गुन बुधबार १०:२८

फागुन २, रौतहट | रौतहटमा एकदर्जन भन्दा बढी मानिस नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । स्थानीय राजापुर नगरपालिकास्थित बुधबार एक कार्यक्रमका बीच एमालेका क्रियाशील सदस्यहरू रवीन्द्र पासवान, प्रभु महतो ,उपेन्द्र महतो, लगायत महिला पुरुष गरी एक दर्जनभन्दा बढी मानिसहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका हुन्।

रौतहट संसदीय निर्वाचन क्षेत्र नं २ का कांग्रेसका संघीय सांसद प्रत्यासी  डाक्टर फिर्दौश आलमले नवप्रवेशीलाई टिका र माला लगाएर स्वागत गरेका थिए।


राजपुर नगरपालिकाका मेयर राजीक आलमको सक्रियता तथा विकास प्रतिको लगाव देखेर राजपुर ५ का बासिन्दाहरू नेकपा एमाले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको स्थानीय राजन साहले बताए । उक्त अवसरमा सांसद प्रत्याशी डाक्टर फिर्दौश आलम , मेयर राजिक आलम लगायतको उपस्थिति रहेको थियो । डाक्टर फर्दौश, मेयर राजिक दाजुभाइ पूर्व मन्त्री माेहम्मद अफताव आलमका छोरा हुन्।

हत्या अभियाेगमा अफताव आलम पुर्पक्षका लागि कारागार चलान भएपछि उनको स्थानमा उनको छोरा डाक्टर आलम नेपाली कांग्रेसको टिकटबाट क्षेत्र २ मा गत निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागी चुनाव लडेका थिए। उक्त क्षेत्रमा तत्काल पूर्व मन्त्री प्रभु साहको साथ रहेका किरण साह स्वतन्त्र रूपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

त्यसैगरी आलमको कान्छो छोरा राजिक आलम नेपाली कांग्रेस पार्टीकै टिकटबाट गत स्थानिय निर्वाचनमा मेयर पदमा विजयी भएका थिए। उनी मेयर भएदेखि नै शिक्षा, स्वास्थ र भौतिक पूर्वाधार निर्माणको काममा विशेष चासो देखाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो