फागुन ४, रौतहट | आम जनता पार्टीले भन्सारको लुटविरुद्ध भेलाको आयोजना गरेको छ ।
शुक्रबार रौतहटको गौरमा आजपाले भन्सारको लुटकारी प्रावधान हटाउन भन्दै भेला तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
भन्सार छलि नियन्त्रणको नाममा भइरहेको लुट रोक्न संघर्ष गर्ने प्रतिबद्धता जनाएको भेलाले रामसेवक ठाकुरको अध्यक्षतामा ५१ सदस्यीय नगरकमिटी सर्वसहमत रुपमा चयन गरेको छ ।