2026-09-20 04:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कुम्मायक रनिङ गोल्डकप चैत्र ११ बाट

कमल घिमिरे । फागुन ११ । पाँचथर, पाँचथरको कुम्मायक गाउँपालिकामा पाचौँ संस्करणको कुम्मायक रनिङ गोल्डकप आगामी चैत्र ११ बाट हुने भएको छ । 

शुक्रबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गर्दै आयोजकले गोल्डकपको बारेमा जानकारी दिएको हो । कुम्मायक स्पोर्टिङ क्लवको आयोजनामा पृथ्वी मा.वि. को खेल मैदानमा हुने गोल्डकपमा जिल्लाका आठ वटै स्थानीय तहले सहभागी जनाउने छन् । प्रतिायेगिताको विजेताले १ लाख ११ हजार १ सय ११ सहित चाँदीको ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उप विजेताले ५५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलाडीलाई विधागत पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ । 

तीन पटक लगातार विजेता भएको स्थानीय तहले चाँदिको ट्रफी हात पार्ने आयोजक क्लवका अध्यक्ष खेमराज निरौलाले जानकारी दिनुभयो । “आठ वटै स्थानीय तहको सहभागिता पाँचथरको शान, स्थानीय खेलकुद विकासमा कुम्मायक स्पोर्टिङ क्लवको अभियान” भन्ने मुल नारा लिएर खेलकुद क्षेत्रलाई प्रवर्धन गर्न प्रतिायेगिता गर्न लागिएको आयोजक क्लवका सचिव डिकध्वज लावतीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो